गेरुवा गाउँपालिकाको शैक्षिक क्षेत्र सुधारको खाँचो
मुरली गोडिया, १५ माघ, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाको पुष २८ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्यो । गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा ०८१÷०८२ को प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाले गरेका कामहरुको बारे शाखा प्रमुखहरुबाट जानकारी गराइएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अधिकारी, शिक्षा प्रमुख नवराज अधिकारी, सहायक लेखा प्रमुख उमेश शाही, कृषी शाखा प्रमुख भास्कर सिंह ठाकुरी, लगायत विभिन्न शाखा प्रमुखहरुले पालिकामा भए गरेका काम हरुवारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधी, विभिन्न संञ्जालका प्रतीनिधी तथा सेवाग्राहीहरुले गाउँपालिकाले प्रदानगर्दै आएको सेवामा थप प्रभावकारीता ल्याउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले विकास निर्माणका कामहरु बारे आम नागरीकहरुले पनि निगरानी गरेको बताए ।
पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने सहभागीहरुले सुझाव दिए । त्यसैगरी गुनासो राख्ने सहभागीहरूले शिक्षा क्षेत्रमा गाउँपालिकाले लगानी गरे अनुरूप प्रतिफल आउन नसकेको बताए । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले कार्यक्रममा सहभागी हरुवाट आएका प्रश्न तथा जिज्ञासाहरुको पालै पालो जवाफ दिदै पालिकाबाट गरिएका सेवा प्रवाहमा देखिएको समस्याहरु सुधार गर्दै लैजाने बताउनु भयो ।
कार्यक्रमको समापनगर्दै पालिका प्रमुख जमान सिंह केसीले गाउँपालिकाको सेवा प्रवाह लाई थप प्रभावकारी बनाउन आफू निरन्तर लागेको बताउनु भयो । सम्बन्धित निकायहरु संग समन्वय गरी किशानका समस्याहरु समाधान गर्ने प्रयास गरिरहेको उहाँको भनाई थियो । कार्यक्रममा ६ वटै वडाका वडाअध्यक्षहरु, राजनितिक दलका प्रतिनीधीहरु, विभिन्न सञ्जालका प्रमुख तथा प्रतिनिधीहरु, समाजसेवी लगायत सञ्चारकर्मी हरुको उपस्तिथी रहेको थियो ।
१७ °C काठमाडौं
Facebook Comments