• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
दलित महिलामाथि भएको हिंसाको अध्ययन प्रतिवेदन सार्वजनिक 

मुरली गोडिया, १५ माघ, बर्दिया । दलित महिला संघ बर्दियाले दलित महिलामाथि भएको हिंसाको अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार संघले नेपालमा दलित महिलामाथि सबैभन्दा बढी हिंसा भएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । 

संघकी अध्यक्ष हिमा सुनारले सोमवार दलित अगुवा, दलित समुदायका क्षेत्रमा कार्य गर्ने संघसंस्था, स्थानिय सरकार तथा संचारकर्मी बीच एक कार्यक्रमको आयोजना गरि दलित महिलामाथि भएको हिंसाको अवस्थाको प्रतिवेदन सार्वजनिक गर्नु भएको छ । प्रतिबेदन प्रस्तुतगर्दै सुनारले नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बाल बालिकामाथि हुने भेदभाव र हिंसाका घटनाहरूको अध्ययन विश्लेषण र दस्तावेजीकरण गरी एकीकृत दस्तावेज तयार गर्ने उद्देश्य सहित प्रतिवेदन तयार पारिएको जानकारी गराउनु भएको छ । 

मुख्यतः प्रतिवेदनले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन तथा लैगिंक हिंसा, घरेलु हिंसा न्यूनीकरणका निम्ती आगामी दिनमा समाधानका थप रणनीति बनाउन सजिलो हुने उद्देश्य रहेको जनाइएको छ । संघकी अध्यक्ष सुनारले ओसीएमसी (एकद्धार संकट व्यवस्थापन केन्द्र) को तथ्याङ्कलाई उधृतगर्दै बर्दियामा मात्रै २०७९÷ ८० मा २ सय ६७ जना मध्ये ५१ जना दलित महिला हिंसामा परेको तथ्यांक प्रस्तुत गर्नु भयो । यस्तै २०८०÷२०८१ मा २ सय १० महिला हिंसा मध्ये ४७ जना दलित महिला रहेको र ०८१÷०८२ मा ७८ जना मध्ये ११ जना दलित महिला हिंसामा परेको जानकारी दिनु भयो । 

तथ्यांक सर्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक ऋषीराम घर्ति मगरले जिल्ला प्रहरी कार्यालयमा आएको विभिन्न लैगिंक हिंसा सम्बन्धि मुद्धा बारे प्रकाश पार्नु भएको थियो । उहाँले अझैपनि दलित समुदायमा हिंसा न्युनिकरणका लागी सचेतनाको आवश्यकता रहेको जोड दिनुभयो । कुनैपनि हिंसा न्युनिकरणका लागी सम्बन्धित समुदायका अगुवा वा प्रहरी मात्र नभई सबै जना हिसां रोकाथामका लागी हातेमालो गर्नु पर्ने सुझाव उहाँको छ । 
प्रतिवेदन सार्वजनिक कार्यक्रममा माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमाल, शन्ति पुर्नस्थापना केन्द्रकी प्रमुख सपना शर्मा, बर्दिया जिल्ला अदालत बार एशोसियसन बर्दियाका अध्यक्ष खडानन्द तिवारी, महिला बालबालिका सेवा केन्द्र गुलरिया, लगायतले जिल्लामा महिला हिंसा एवं दलित महिला माथीको हिंसा लगायतका घटनाको प्रतिवेदन एवं न्युनिकरणका लागी सुझाव प्रस्तुत गर्नु भएको थियो । गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी थिए । 

सम्बन्धित समाचार

Facebook Comments