• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
हिंसा पीडित दलित महिलाहरुको उत्थान गर्न आर्थिक सहयोग 

मुरली गोडिया, १४ माघ, बर्दिया । हिंसामा परेका महिलाहरुलाइ प्रतिकारगर्दै उनीहरुको आर्थिक अवस्था मजबुत बनाउन दलित महिला संघले विउ पूँजी बितरण गरेको छ । बर्दियाको मधुवन र बाँसगढी नगरपालिकामा घरेलु हिंसामा परेका महिलाहरुलाई आर्थिक निर्भर बनाउनका लागी उद्यम विकास प्रवद्धन गर्न विउ पूजी वितरण गरेको छ । 

समग्र विकासको अवरोध जातिय तथा लैङ्गिक विवेध भन्ने नाराका साथ एफजेएसको आर्थिक सहयोग र दलित महिला संघ बर्दियाको आयोजनामा भएको कार्यक्रममा दुवै पालिका गरी ६ लाख बरावरको २१ जनालाई विउ पूजी वितरण गरिएको दलित महिला संघ बर्दियाका प्रमुख हिमा सुनारले जानकारी दिनु भएको छ । समुहमा आवद्ध महिला दिदी बहिनीहरुलाई समूह मार्फत व्यवसाय सञ्चालन गर्नका निमित्त रकम हस्तान्तरण गरिएको उहाँको भनाई छ । 

मधुवन तथा बाँसगढी नगरपालिकामा रहेका महिलाहरुलाइ किराना पसल, बाख्रा पालन, कुखुरा पालन, भैसी पालन, सिलाई कटाई ब्यवसाय संञ्चालनका साथै कस्मेटिक पसल जस्ता आर्थिक लाभहुने किसीमका व्यवसाय सञ्चालन गर्न मद्दत मिल्ने सुनारले बताउनु भयो । मधुवनमा गरिएको कार्यक्रममा नगर प्रमुख तेज बहादुर भाटले ३ लाख वरावरको चेक समुहमा आवद्ध महिलाहरुलाई हस्तान्तरण गर्नुभयो । बाँसगढी नगरपालिकामा नगर प्रमुख खडक बहादुर खडकाले ३ लाख बरावरको चेक हस्तान्तरण गर्नु भएको प्रमुख सुनारको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments