बाँसगढी माघ महोत्सवमा र्हुदुङग्वातर्फ नेवादा गाउँ पौराणिक डब्नी भिराउ नृत्य प्रथम
विन्दु चौधरी, ४ माघ, बाँसगढी (बर्दिया) । नेवादा गाउँ पौराणिक डब्नी भिराउ नृत्य प्रतियोगितामा र्हुदुङग्वा नाचतर्फ उत्कृष्ट प्रदर्शनगर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । थारु समुदायको सांस्कृतिक पहिचान र परम्परालाई उजागर गर्ने उद्देश्यले पौराणिक डब्नि भिराउ नृत्य प्रतियोगितामा हुदुङग्वा र मघौटा, छोक्रा, सखिया गरी दुई विधामा मुल्यांकन गरिएको पौराणिक डब्नि भिराउ नाच समितीको संयोजक जोगिराम चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै हुदुङग्वा नाचतर्फ बेतहनी गाउँ दोस्रो स्थान, बडमुरर्वा तेस्रो स्थान र लक्ष्मणपुर गाउँ चौथो स्थान ल्याउन सफल भएको हो । त्यस्तै मघौटा, छोक्रा तर्फ बठुवाताल पुरान गल्ली समुहको मघौता नाच प्रथम भएको छ । त्यस्तै दाङपुर दमौलीको मघौता नाच दोस्रो र बठुवाताल अन्जना समुहको छोक्रा नाच तेस्रो स्थान ल्याएको संयोजक चौधरीले बताउनुभयो ।
महोत्सवमा २७ वटा टिम सहभागी जनाएका थिए । पौराणिक डब्निभिराउ नाच मुल्यांकन समितीका संयोजक रामेश्वर थारु रहनु भएको थियो । त्यस्तै सदस्यमा चुन्नुराम थारु र बच्चुलाल थारु निणार्यकको भुमिकामा रहनु भएको थियो । प्रतियोगिताको उद्देश्य थारु समुदायको पौराणिक नाच र संस्कृतिलाई संरक्षणगर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु रहेको आयोजक समितिले जनाएको छ ।
१७ °C काठमाडौं
Facebook Comments