• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
बाँसगढीमा अनलाईन प्रणालीबाट नागरिकता सिफारिस

विन्दु चौधरी, ३ माघ, बाँसगढी (बर्दिया) ईलाका प्रशासन कार्यालय बाँसगढीले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस शुरु गरेको छ । कार्यालयले नवीनतम सूचना प्रविधिको उपयोगगर्दै अनलाइन नागरिकता सिफारिसको प्रक्रिया शुरुवात गरेको हो ।

अनलाइन सिफारिसका लागि जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, बाबु, आमा वा पतिको नागरिकता प्रमाणपत्र, बसाइसराइ दर्ता प्रमाणपत्र र विवाह दर्ता लगायतका प्रमाणपत्र जस्ता कागजातहरू वडा कार्यालयहरूले स्क्यान गरी अनलाइन प्रणालीमा अपलोड गर्ने गरेका छन् । अनलाइन प्रणाली सुरु भएपछि सेवा प्रवाहमा छिटो छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा अनलाईन सेवा प्रभावकारी हुने विश्वास लिइएको कार्यालय प्रमुख डिल्लीराम आचार्यले बताउनुभयो । 

गृह मन्त्रालयको निर्देशन अनुसार सबै वडा कार्यालयलाई नागरिकता सूचना व्यवस्थापन प्रणाली सीआईएमएसमा पहुँच पुर्याई अनलाइन प्रणाली लागू गरिएको हो । यसअघि वडाका सचिवहरूलाई आवश्यक तालीम दिएपछि नागरिकता सिफारिस प्रक्रिया अनलाइनमार्फत शुरू गरिएको ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments