• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित मानिस नियन्त्रण

चुरेकुञ्ज, २६ पुष, बर्दिया । सशस्त्र प्रहरीले बर्दियामा लागुऔषध ब्राउन सुगरसहित १ जनालाई नियन्त्रणमा लिएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ बस्ने ५० बर्षिय प्रेम पन्तलाई ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र कोरेक्ससहित पक्राउ गरेको छ । 
    
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कण्ठपुरबाट खटिएको गस्तीले गुलरिया नगरपालिका वडा नम्बर ११ स्थित गणेशपुर नाकाबाट ३ दशमलव ७०० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र २ शिशी एनरेक्स बरामद गरी रितपूर्वक मानिस नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाएको सशस्त्र प्रहरी वल नेपाल ३१ नम्बर हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्रांगत दाहालले बताउनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments