प्रत्यक्ष गणना बिधिबाट बर्दियामा गैंडा अनुगमन
यादव आचार्य, २१ पुष, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली नदी तटिय क्षेत्रमा लोपोन्मुख एक सिंगे गैंडा अनुगमन गरिएको छ । कुनै गैंडा नछुटुुन्, कुनै नदोहोरिउन भन्ने मान्यतासहित गरिएको गैंडा अनुगमनका क्रममा नेपालका गैंडा भारतको कर्तनियाघाट बन विहारतर्फ गएको पाईएको छ ।
निकुञ्ज भित्र कुनै घटना छछैन, बन्यजन्तु लाई नोक्सानी पुर्याउन कुनै पासोहरु थापिएको छछैन लगायत निकुञ्ज भित्रका बन्यजन्तुका बासस्थानको अवस्था बारे थाहा पाउन स्विपगर्दै प्रत्यक्ष गणना बिधिबाट निकुञ्जमा गैंडा अनुगमनसँगै गणना गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले बताए । अनुगमनबाट निकुञ्ज भित्रको सबै अवस्था राम्रै पायौं । गैंडाको विचरण राम्रै देखियो । पानी अभावका कारण १५ देखि २० वटा गैंडा भारतको कर्तनियाघाट बन्यजन्तु आरक्षमा पुगेको पाईयो । बर्षान्त पछि स्विपगर्दै निकुञ्जमा गैंडा अनुगमन गरिएको हो ।
गैंडाको बासस्थान रहेको सबै स्थानमा ५० देखि १०० मिटरको दुरीमा जिपिएस, दुरविन र डिजिटल क्यामेरा लगायतका आधुनिक उपकरणसहित स्विपगर्दै प्रत्यक्ष गणना विधिबाट अनुगमनसँगै गैंडा गणना गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सूर्य खड्काले बताए । मंसिर १२ गतेदेखि १८ गते सम्म साताब्यापी रुपमा कर्णाली नदी तटिय क्षेत्रमा गरिएको गैंडा अनुगमन तथा गणनामा २६ वटा गैंडा देखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका ५ र एनटीएनसीको १ गरी ६ वटा हात्ती गैंडा गणनामा परिचालन गरिएको थियो ।
निकुञ्ज तथा एनटीएनसी बर्दियाका प्राविधिक, निकुञ्ज सुरक्षार्थ खटिएका जवरजंग गणका सुरक्षाकर्मी, बर्दिया हात्तीसारका ६ जना कर्मचारीको टोलीले निकुञ्जको कार्यतालिका बमोजिम बैज्ञानिक एवम् ब्यवस्थित तवरले स्विप अपरेशनगर्दै गैंडा अनुगमनसँगै गणना गरेको उनले प्रष्ट्याए । राष्ट्रिय गैंडा गणना २०७७ अनुसार नेपालमा भाले १४६, पोथी १९८, लि∙ नछुट्टिएको ४०८ गरी ७५२ वटा एकसिंगे गैंडा छन् । जसमध्ये वयस्क ५२०, अर्ध वयस्क ९६ र बच्चा १३६ वटा छन् । नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा भाले १२८, पोथी १७४ र लि∙ नछुट्टिएको ३९२ गरी ६९४ वटा गैंडा छन् ।
बर्दियामा भाले १४, पोथी १९ र लि∙ नछुट्टिएका ५ गरी ३८ वटा एकसिंगे गैंडा छन् । त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ तथा पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् । बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली तटीय क्षेत्रमा गैंडा अनुगमन कार्य सहज रुपमा सकिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्बाहाङफेले बताए । बबई तटीय क्षेत्रको गणना कार्य बाँकी रहेकाले चैत महिनामा हुने राष्ट्रिय गैंडा सर्भेका क्रममा पूर्णता पाउछ । उनले भने, यतिखेर निकुञ्ज तथा जंगलहरुमा खरका झाडीहरु अग्ला हुने भएकाले पनि गैंडा अनुगमन तथा गणना कार्यमा कठिनाई पर्ने गर्छ ।
१७ °C काठमाडौं
Facebook Comments