• १ मंसिर २०८२, आइतवार
  • १६ °C काठमाडौं
प्रेस सेन्टर नेपाल बर्दियाको अध्यक्षमा कायस्त सर्बसम्मत

चुरेकुञ्ज, २० पुष, बर्दिया । प्रेस सेन्टर नेपाल बर्दियाको अध्यक्ष पदमा गान्दिप लाल कायस्त सर्वसम्मत चयन हुनुभएको छ । शनिवार गुलरियामा सम्पन्न साधारण सभा तथा ८ औं अधिवेशनले ५ जना सदस्य पछि मनोनित गर्ने गरी १५ सदस्यीय कार्यसमिति सर्ब सम्मत चयन गरेको छ । 

समितिको उपाध्यक्षमा टिकाराम चौधरी र रावन विश्वकर्मा, सचिव होमेन्द्र थापा, सहसचिव विन्दु चौधरी र सरोज कामत तथा कोषाध्यक्षमा डम्मर परियार चयन हुनु भएको छ । साधारण सभा तथा अधिवेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी लुम्विनी प्रदेशका पूर्व गृहमन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिलक शर्मा हिमालले पत्रकारहरुले जनताको पीडा उजागर गर्न जोडदार कलम चलाउनु पर्ने बताउनु भयो । जिल्लाको विकासमा पत्रकारको अहम भूमिका रहने भएकाले संचारको विकासको लागि जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका सदस्य सुरेश पन्थले पत्रकार विना बिकास सम्भव नभएकोले जिल्लाका पूर्वाधार एवम् औद्योगिक क्षेत्रको सम्र्बद्धनमा डटेर कलम चलाउनु पर्ने बताउनु भयो । उहाँले राजनितिक मनोभावनाबाट अलग भई कलम चलाउन सबै पत्रकारहरुलाई अनुरोध गर्नु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष, नेपाल प्रेस युनियनका सचिव, प्रेस चौतारी नेपालका अध्यक्ष तथा केन्द्रिय सदस्य, पत्रकार महासंघ लुम्विनी प्रदेशका निवर्तमान कोषाध्यक्ष एवम् बर्दियाका निवर्तमान अध्यक्ष लगायतले कार्यक्रमको शुभकामना दिनुभएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments