गुलरियाको बाईपास सडक निर्माणमा पहल नभएकोभन्दै स्थानिय आक्रोषित
मुरली गोडिया, २० पुष, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका स्थित हाटबजार देखी दक्षिणतर्फ गुलरिया ८ को पृथ्वी पार्क (गोलपार्क) हुँदै पशु मेला सम्मको करिब ३ किलो मिटर कालोपत्रे सडक बिग्रिएको वर्षौ वितिसक्दा पनि पुनरनिर्माण हुन नसक्दा स्थानियहरु आक्रोषित बनेका छन् । शनिबार गुलरिया नगरपालिका वडा नम्बर ६ र ८ का टोलबासीहरु बैठक बसी बाटो निर्माण तथा धुलो नियन्त्रणक लागी स्थानिय सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेका छन ।
बाइपास बाटोको दुवै तर्फका घरमा बस्ने बासिन्दाहरु नराम्रो संग प्रभावित भई अत्याधिक यातायातको चापको कारण धेरै धुलो उड्ने गरेको, यसबाट टोलबासीहरु दमको रोगबाट पिडित भइरहेको बैठकमा जनाइएको छ । पालिकाले ग्राभेलहरु बाटोमा ओच्छाई दिएको कारण गाडीहरु गुड्दा ठुला ढुंगाहरु उछिट्टिन गई टोलबासीहरु तथा साना बालबालिका घाइते हुन गएको स्थानियको गुनसो छ । बाटो जिर्णहुँदै जाँदा स्थानिय टोलबासीहरु आफु नगरपालिकाको बासिन्दा भएको अनुभुति समेत हुन नसकेकोभन्दै ४ सुत्रिय माग अघिसार्दै स्थानिय सरकारलाई पहल गरिदिन अनुरोध गर्ने निर्णय भएको बैठकमा सहभागी स्थानिय इन्दिरा सुवेदीले जानकारी गराउनु भयो ।
बैठकले बाटोलाई तत्काल पिच गर्नुपर्ने, धुलो नियन्त्रणका लागी दिनमा कम्तिमा ३ पटक पानी छर्किने व्यवस्था गर्नुपर्ने, वडा नम्बर ६ र ८ का वडा अध्यक्षहरुले उल्लेखित विषयमा विशेष पहल गर्नु पर्ने निर्णय भएको छ । यस्तै बाइपास बाटोको शमिको बोट (मन्दिर) देखी दक्षिणको बाटोमा पानी हाल्ने र पिच गर्न पहल गर्नुपर्ने निर्णय गरिएको उहाँले बताउनु भयो । गुलरिया नगरपालिका संगै वडा नम्बर ६ र ८ का वडा अध्यक्षलाई ध्यानकर्षण गराउने समेत निर्णय गरिएको छ ।
बैठकमा सहभागी गुलरिया नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष धर्मेन्द्र बानियाले वडाबाट हुन सक्ने सम्पुर्ण कार्यका लागी स्थानिय सरकार सहकार्य गर्न तयार रहेको बताउनु भयो । वडा कार्यालयको बजेटले उक्त कार्य असम्भव रहेको बताउँदै यसका लागी प्रशसन र पालिका लगायत प्रदेश, केन्द्रमा पुगेका सभासदहरु मार्फत कुरा पु¥याउने आश्वासन दिनु भयो । बैठकमा सहभागी गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा सदस्य दिपक अधिकारीले वडाको बजेटले बाइपास बाटो पिच गर्न गाह्रो हुने बताउनु भयाो ।
वडा भित्रका अन्य बाटो निर्माण लगायतमा स्थानिय टोलबासीको सहयोगको लागी संगसंगै पहल गर्ने उहाँको भनाई छ । बाइपासको बाटोमा विचविचमा खाल्डो परेको, धुलो उड्ने गरेको जसमा स्थानिय नगारिक संगै आम सर्वसाधारणलाई आवतजावत गर्न कठिनाई पुगी रहेको छ । उक्त बाटोमा ठुला गाडी तथा टिप्परहरु अत्याधिक स्पिडले हिंड्ने गरेको स्थानियले गुनासो समेत पोखेका छन । स्थानिय सरकार तथा केन्द्रमा पहुँच भएको नेताहरुलाई समेत जानकारी भएपनि अहिले सम्म बाटो निर्माण नभएकोभन्दै स्थानियहरु आक्रोसित बनेका हुन् ।
१७ °C काठमाडौं
Facebook Comments