गुलरियाको ६ हजार हेक्टर भूमिमा सिचाई सुविधाका लागि नहर शिलान्यास
विष्णु अधिकारी, १६ पुष, बर्दिया । गुलरिया नगरपालिका अन्तर्गत ६ हजार हेक्टर भूमि सिचाई सुविधाका लागि नहरको शिलान्यास भएको छ । गुलरियाका किसानहरु आकासे पानीको भरमा खेती गर्नुपर्ने पिडाबाट अबको ३ बर्षभित्रमा किसानले लगाएको बालीबाट कम खर्चमा उब्जनी बढ्ने भएको छ ।
गुलरिया नगरपालिका वडा नं. १ र ३ को सिमानामा रहेको निमकोठिया स्थित ४ किलोमिटर लामो नहरको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले शिलान्यास गर्नु भएको छ । शिलान्यास उद्घाटका क्रममा नगर प्रमुख यादवले नहर निर्माण भएपछि उब्जनी बढ्ने भएका कारण किसानको अनुहारमा खुशी छाउने बताउनु भयो । नहरको पानीमा हिम श्रृखलाबाट बगि आउने माटो तथा अन्य रासायनिक पदार्थसंगै बगि आउने भएकाले डिप बोरिङ्गको पानी भन्दा नहरको पानिले उत्पादन बढ्ने भएकाले किसानलाई कम लागतमा धेरै फाइदा पुग्ने नगर प्रमुखको तर्क छ ।
नहर निर्माण भएर मात्र किसानको समस्या समाधान नहुने भएकाले किसानलाई खेती गर्ने समयमासबै ठाउँमा पानी आउने ब्यवस्था मिलाउन सम्बन्धित निकायलाई नगर प्रमुख यादवले सुझाव दिनु भएको छ । गुलरिया नगरपालिकाको नहर निर्माण कार्य सम्पन्न भएपछि बर्दिया जिल्लाको ६ वटा पालिका अन्तर्गत २०४५ सालमा स्थापना भएको आयोजनाले २०८३ साल भित्र करिब ३६ हजार हेक्टर क्षेत्रफलको भूमिमा सिँचाई पु¥याउने लक्ष्य रहेको बबई सिचाई आयोजनाका प्रमुख शुसिल चन्द देवकोटाले जानकारी दिनु भएको भएको छ ।
गुलरिया नगरपालिकामा निर्माण शुरु भएको आयोजनामा शाखा नहर ११ किलोमिटर र मुल नहर ४ किलोमिटर भ्याट बाहेक ८३ करोड बजेटमा काम शुरु भएको कामको कार्य अवधि २०८३ माघ महिना भित्रमा सक्नु पर्ने समय सिमा रहेको आयोजना प्रमुख देवकोटाले बताउनु भयो । गुलरिया नगरपालिकामा नहर निर्माण नहुँदा किसानहरुले महँगो शुल्क तिरेर बिजुली र जेनेरेटरबाट कृषि कार्यगर्दै आइरहेका किसानलाई नहर निर्माण सम्पन्न भएपछि खेती कार्यमा सहजता पुग्नेभन्दै जिल्ला समन्वय समिति बर्दियाका उपसभापति अमिता यादवले खुशी ब्यक्त गर्नु भएको छ ।
बबई सिचाई आयोजनाको पूर्व तर्फ ३४ किलोमिटर मुल नहर निर्माण गरेको छ भने पश्चिम नहर ४१ किलोमिटर गरि ९१ किलोमिटर नहर निर्माण सम्पन्न भएपछि राष्ट्रिय गौरबको आयोजनाले पुर्णता पाउने भएको छ । नहर निर्माणका लागि स्वच्छन्द निर्माण सेवा काठमाडौंले ठेक्का पाएको काम सम्पन्न गर्नका लागि ब्ल्याक बक कन्स्ट्रक्सन गुलरियाले जिम्मा पाएको छ । बर्दिया बल्याक बक कन्स्ट्रक्सनका प्रोप्राइटर बिमल केसीले सबैको साथ सहयोग पाएमा ठेक्का अवधि अगावै काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।
२६ °C काठमाडौं
Facebook Comments