• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
च्याउ दिवसका अवसरमा बाँसगढीमा साँस्कृतिक कार्यक्रम

विन्दु चौधरी, १५ पुष, बाँसगढी (बर्दिया) । छैठौं राष्ट्रिय च्याउ दिवस तथा साँस्कृतिक कार्यक्रम बाँसगढीमा भव्य रूपमा मनाईएको छ । सामुदायिक च्याउ समितिले आज विभिन्न प्रकारका च्याउका परिकार प्रदर्शन र सांस्कृति कार्यक्रम गरेर च्याउ दिवस मनाएको हो । 

दिवसमा बाँसगढी कृषि हाट बजारमा च्याउका विभिन्न परिकार बनाएर निशुल्क चाख्न दिइएको थियो । दिवसमा पाँच सय बढिले अवलोकन गरेको अनुमान गरिएको छ । सामुदायिक च्याउ समितिका संयोजक राजन थारुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का, उपप्रमुख इन्दिरा चौधरी, प्रमुख प्रशासकिय अधिकृत नोखिराम वली, संस्थापक मेयर शालिकराम अधिकारी, उपमेयर शुस्मा चौधरी, च्याउ ब्यवसायि, व्यापारीहरुको उपस्थिती रहेको थियो ।  

कार्यक्रममा नगर प्रमुख खड्काले स्थानीय उत्पादन र उद्यमशीलताको विकासमा च्याउ खेतीको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसलाई थप प्रोत्साहन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । आयोजक समितिका संयोजक राजन थारुले बाँसगढी नगरपालिकामा च्याउको करिव २५ देखि ५० क्विन्टल सम्म च्याउ उत्पादन हुँदै आएको बताउनुभयो । उहाँका अनुसार बाँसगढी नगरभित्र करिव १५० जना च्याउ उत्पादक ब्यवसायी किसानहरु छन् । यस्तो कार्यक्रमले स्थानीयस्तरमा च्याउ खेती तथा यसको व्यवसायिक सम्भावनाबारे चेतना फैलाएको उहाँको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments