बाल बिवाहित एवम् जोखिममा रहेका महिलालाई आत्मनिर्भर बनाउने सामाग्री हस्तान्तरण
मुरली गोडिया, १० पुष, बर्दिया । बर्दियामा बाल बिबाह गरि सकेका तथा बाल बिबाहको जोखिममा रहेका युवा महिलालाई किराना सामान र जुत्ता बनाउन आवश्य पर्ने समाग्री प्रदान गरिएको छ । जिल्लाका विभिन्न पालिकाका रहेका ६ जना युवा महिलालाई किराना पसल संचालन गर्न र थप अरु ६ जनालाई जुत्ता बनाउने पसल संचालनका लागी समाग्री प्रदान गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका बिपन्न घर परिवारका युवा महिलाहरूको आर्थिक अवस्थामा थप सुधार ल्यााउने उद्देश्यका साथ बाल बिबाह न्यूनिकरण परियोजना अन्तर्गत मधुवन नगरपालिकाका ६ जना युवा महिलाहरूलाई सीटीभीटीको पाठ्यक्रममा आधारित ३ सय ९० घण्टाको जुता बनाउने तालिम सहित आवश्यक सामानहरु हस्तान्तरण गरिएको परियोजना संयोजक खेमराज भण्डारीले जानकारी गराउनु भएको छ ।
जुत्ता तयार गर्न आवश्यक समाग्री हस्तान्तरण कार्यक्रममा मधुवन नगरपालिका उपप्रमुख अनिता चौधरी र नगरपालिकाका प्रवक्ता लगायत विग्रुपका बाल विवाह न्यूनिकरण परियोजना प्रवन्धकको सहभागिता थियो । लक्षित कार्यक्रम अनुसार प्रति ब्यक्ति ७९ हजार ५ सय ५९ का दरले ६ जनालाई करिब ४ लाख ७७ हजार ३ सय ५५ रुपैया बराबरको जुता बनाउने मेसिन सहित अन्य आवश्यक सामानहरु सहयोग गरिएको भण्डारीले बताउनु भयो ।
सोही परियोजना अनुसार बर्दियाको बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिकाका २/२ जना गरि जम्मा ६ जनालाई प्रति व्यक्ति ८० हजारका दरले गरि ४ लाख ८० हजार बराबरको किराना पसलमा विक्री हुने विभिन्न समाग्री हस्तान्तरण गरिएको छ । खास गरि गाँउमा बाल विवाहमा परि सकेको परिवारको आमाको आर्थिक अवस्था एवं बालबालिका भए उनिहरुको अध्ययनमा सहयोग पु¥याउन सहज हुने अपेक्षाका साथ समाग्रीहरु प्रदान गरिएको जनाइएको छ ।
२६ °C काठमाडौं
Facebook Comments