• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
ठाकुरबाबा नगरपालिकामा सेवाग्राहीलाई निःशुल्क अटोसेवा  

भिमा कंडेल, ८ पुष, ठाकुरबाबा (बर्दिया) । ठाकुरबाबा नगरपालिकाले पालिकामा सेवा लिन आउने र सेवा लिएर फर्कने सेवाग्राहीको लागि निःशुल्क सवारी व्यवस्था मिलाएको छ । पालिकामा सेवा लिन आउने सेवाग्राहीलाई विद्युतिय अटो सेवा मार्फत कार्यालय ओहोर दोहोर गर्ने ब्यवस्था मिलाईएको छ । 

ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजारदेखि सैनवार सम्मको दुरीका सेवाग्राहीलाई उक्त सेवा लागु हुनेछ । अटो सेवा लिनको लागि प्रत्येक दिन बिहान ९ः४० बजे भुरिगाँउ बजारको मेन चोक प्रहरी बिट नजिकबाट सेवाग्राही लिएर पालिकामा पठाइने बताइएको छ । हरेक ३० मिनेछ (आधा घण्टाको) फरकमा अटो सेवा लिन मिल्ने पालिकाले बताएको छ ।

आर्थिक वर्ष ०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम अनुसार यस कामको थालनी गरिएको हो । पालिकाले यसअघि हरेक सुख दुःखमा नगरपालिका भन्ने मुल नाराका साथ ठाकुरबाबा नगरपालिका भित्र बसोवास गर्ने नगरवासीको मृत्यु भएका मृत्यु संस्कारको लागि शवलाई घाटसम्म पुर्याउन लागि निःशुल्क शव वाहनको सेवा संचालनमा ल्याएको छ । 

सम्बन्धित समाचार

Facebook Comments