बाँसगढीमा पशुपालक किसानका सुत्केरी गाई, भैसीलाई भत्ता
विन्दु चौधरी, ८ पुष, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाले किसानहरुका गाई भैसीलाई सुत्केरी पोषण भत्ता वितरण गरेको छ । बाँसगढी नगरपालिकाको पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रम अन्तरगत साउन १ गते देखि मंसिर २३ गते सम्म प्राप्त ४ सय ५१ वटा सुत्केरी गाई तथा भैसीलाई पोषण भत्ता वितरण गरेको हो ।
नगर पशु सेवा शाखा बाँसगढीले पशु पालक किसानका सुत्केरी गाई भैसीलाई २ हजारका दरले पशु सुत्केरी पोषण भत्ता वितरण गर्दैआएको छ । सुत्केरी पोषण भत्ताका लागि वाड नं १ मा ३ वटा पशुको को सुत्केरी भत्ताका लागि आवेदन परेको थियो । त्यसैगरी वाड नं २ मा ४७ वटा, वाड नं ३ मा २२ वटा, वाड नं ४ मा ६१ वटा आवेदन परेको छ । त्यस्तै वाड नं ५ मा ५७ वटा, वाड नं ६ मा ६९ वटा, वाड नं ७ मा ५९ वटा, वाड नं ८ मा ६९ वटा र वाड नं ९ मा ६४ वटा गरी ४ सय ५१ वटा सुत्केरी गाई तथा भैसीलाई पोषण भत्ता वितरण गरेको पशु सेवा शाखाका प्रमुख ठाकुर दयाल शाहले जानकारी दिनुभएको छ ।
चालु आर्थिक वर्षमा पशु सेवा शाखाले पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमका लागि १७ लाख बजेट छुट्याएको छ । नगरपालिकाले २०७६ साल देखि पशु सेवा शाखा मार्फत किसानहरुद्वारा दर्ता भएका र मापदण्ड पुगेका किसानका गाई भैसीहरुलाई भत्ता दिदै आएको पशु सेवा शाखाका प्रमुख ठाकुर दयाल शाहले जानकारी दिनुभएको छ । पशु सुत्केरी भत्ताको लागि निवेदन दिदाँ पशु बीमा गरेको कागजात अनिवार्य हुनु पर्ने नगर पशु सेवा शाखाले जनाएको छ ।
३० °C काठमाडौं
Facebook Comments