• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न नहुने थारु कल्याणकारीणी सभाको निष्कर्ष

केशव कोईराला, ८ पुष, बर्दिया । बर्दिया र बाँके जिल्लालाई लुम्बिनी प्रदेशबाट छुट्याइ कर्णाली प्रदेशमा गाभ्ने योजना षडयन्त्रभन्दै त्यसको बिरोध गरिएको छ । षणयन्त्रको विरोधमा थारु कल्याणकारिणी सभा बर्दियाको संयोजन तथा थाकस बाँकेको सहकार्यमा गुलरियामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दिया र बाँके जिल्लाका विभिन्न राजनीतिक दलका थारु नेता, संघ र प्रदेश सभा सदस्यहरू, पूर्वमन्त्री, संविधान सभा सदस्यहरू, स्थानीय जनप्रतिनिधिहरू, थाकसका पदाधिकारीहरू, अभियन्ता, बुद्धिजीवी, पत्रकार, कानुन व्यवसायी, किसान, महिला, पेशाकर्मी, यूवा विद्यार्थी लगायत विभिन्न सामाजिक वर्गका व्यक्तिहरूको सक्रिय सहभागिता थियो । कार्यक्रममा बर्दिया र बाके जिल्लाको भविष्य र सामाजिक हितलाई ध्यानमा राख्दै ९ बुँदे संयुक्त धारणा तयार पारिएको छ । 

दुई जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने योजनामा सहभागीहरूद्वारा धारणा ब्यक्तगर्दै असहमति जनाएका छन् । यसले थारु समुदायको सामाजिक, सांस्कृतिक र राजनीतिक अस्तित्वमा गम्भीर असर पुर्याउने भनिएको छ । प्रदेश सरकार र संघीय सरकारसँग संवेदनशीलतासाथ निर्णय लिन आग्रह गर्दै बर्दिया र बाके जिल्लाको एकता र समृद्धिको लागि अन्यौलपूर्ण योजनाबाट टाढा रहन अपील गरेका छन् । थारु कल्याणकारिणी सभा र थाकसका अगुवाले आगामी दिनमा यस मुद्दामा थप जनचेतना र विरोध अभियानलाई जारी राख्ने उद्घोष गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments