• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
नेपाल पत्रकार महासंघ बर्दियाको नयाँ कार्य समितिलाई पदभार हस्तान्तरण 

मुरली गोडिया, ७ पुष, बर्दिया । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको नवनिर्वाचित कार्य समितिलाई सपथ ग्रहणसँगै पदभार हस्तान्तरण गराइएको छ । निवर्तमान कार्यसमितीलाई निर्वाचन समितिका संयोजक दिनेश प्रसाद श्रेष्ठले सपथग्रहण गराए पश्चात पद हस्तान्तरण गरिएको हो । 

पत्रकार महासंघका निवर्तमान अध्यक्ष यादव आचार्यले बर्तमान अध्यक्ष निर्मल घिमिरेलाई सम्पुर्ण कागजात सहित पदभार हस्तान्तरण गर्नु भयो । शनिबार पत्रकार महासंघको भवन गुलरियामा ७ मा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम गरिएको छ । २०८१ मंसिर २८ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको निर्वाचनबाट अध्यक्ष पदमा निर्मल घिमिरे निर्वाचित हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा डिलप्रकाश गौतम र पुष्पा चौधरी, सचिव यज्ञ प्रसाद सापकोटा, सहसचिव भिम उचै ठकुरी र सरम चौधरी, कोषाध्यक्षमा हरि गुरुङ्ग रहनु भएको छ । सदस्यहरुमा प्रकाश पौडेल, ऋषी वाग्ले, सरोज कामत, संजय आचार्य, भिमा कंडेल, चन्द्र बहादुर विक, होमेन्द्र थापा, मुरली गोडिया र अफजल खान रहनु भएको छ ।  । 

पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष यादव आचार्यले एक पटक अनुभव लिइ सकेपछि पुन सोही पदमा दोहरीनु नपर्ने र आउने पिढिलाई समेत अवसर दिने सोंचले अध्यक्ष पदमा नदोहोरिएको प्रष्ट्याउनु भयो । नवनिर्वाचित समितीले पत्रकारको गरिमालाई अझ उकास्ने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष एक्लैले मात्र केहि गर्न नसक्ने भन्दै कुनै सुचना, जानकारी वा सरसल्लाह गर्ने विषयमा सम्पुर्ण कार्यसमिती एक ढिक्का भई निर्णय लिन सुझाव दिनु भयो । आफनो ३ वर्षिय कार्यकाल सफल बनाउने सहयोग गर्ने सम्पुर्ण पत्रकारका संगठनहरु, सरकारी, गैरसरकारी निकाय लगायत सम्पुर्ण सहयोगी समन्वय गर्ने निकायलाई धन्यवाद समेत दिनु भएको थियो । 

नवनिर्वाचित समितीलाई कुनैपनि साथ सहयोगका लागी आफु सधै तयार रहेको आचार्यको भनाई छ । सपथ ग्रहण पश्चात पदभार सम्हाल्दै वर्तमान अध्यक्ष निर्मल घिमिरेले पत्रकार जगतलाई निश्पक्ष रुपमा अगाडी बढाउने प्रतिवद्धता गर्नुभएको छ । विगतका इहिहासलाई मनन गर्दै नयाँ तबरबाट बर्दियको पत्रकारीता अघी बढ्ने बताउनु भयो । विभिन्न भ्रामक समाचारका कारण सहि सुचना आउन नसकेको भन्दै वहाँले पत्रकारीताको गरिमामा ठेस लागेकोले यसतर्फ पनि ध्यान दिइने बताउनु भयो । पत्रकार महासंघ साझा संगठन भएकोले सवै एकैछाना मुनि रही कार्य गरिने बताउनु भयो । कुनैपनि पत्रकारले दलगत, स्वार्थपुर्ण पत्रकारीता गरे पत्रकार महासंघको कुनैपनि साथ नपाउने बाचा गर्नुभयो । 

व्यवसायिक पत्रकारीताका पक्षमा सधै लागी रहने प्रतिबद्धता उहाँको छ । कार्यक्रममा निर्वाचन समितीका संयोजक श्रेष्ठ, मुख्य निर्वाचत अधिकृत कमल पन्थी, बर्दिया जिल्ला अदालत बारएशोशिएसनका सचिव दिवाकर खनाल, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेघराज सिग्देल, पे्रस चौतारीका केन्द्रिय सदस्य डिलप्रकाश गौतम, स्थानिय पत्रपत्रिका संजालका अध्यक्ष कृष्ण भण्डारी लगायतले निर्वाचित कार्य समितीलाई शुभकामना दिनु भएको थियो । नेपाल पत्रकार महासंघ बर्दियाको पहिलो बैठक बसेको छ ।  पौष ०६ गते महासंघको कार्यालय गुलरियामा अध्यक्ष निर्मल घिमिरेको अध्यक्षतामा बैठक बसी विभिन्न निर्णयहरु गरेको छ । 

वैठकले मंसिर २८ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण साधारण सदस्य ज्युहरू, विभिन्न पेशागत संघ संगठनहरू, निर्वाचन समिति, निर्वाचन स्थल उपलब्ध गराउने निर्माण व्यवसायी संघ, सुरक्षाका लागि सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगाएतका सम्पूर्ण निकायहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको महासंघका सचिव यज्ञ प्रसाद सापकोटाले जानकारी दिनुभयो । यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको बैक खाता नवनिर्वाचित कार्यसमितिका अध्यक्ष निर्मल घिमिरे, सचिव यज्ञप्रसाद सापकोटा र कोषाध्यक्ष हरी गुरुङ्गको हस्ताक्षरमा कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुने गरि खाता सञ्चालन गर्ने निर्णय गरिएको छ । 

कार्यालय व्यवस्थापनको सन्दर्भमा विद्युत, इन्टरनेट, खानेपानी जडानको लागि सम्बन्धित निकायहरूमा पहल गर्ने र पदाधिकारीहरूको कार्यकक्ष र कार्यक्रम हल व्यवस्थापन गर्ने यसैगरि निवर्तमान कार्यसमितिले निर्माण गरेको अक्षयकोष नियमावली २०७८ माथि आवश्यक छलफल गरी संसोधन तथा परिमार्जन गर्दै अक्षयकोष स्थापनाको कार्यलाई पूर्णता दिने पनि निर्णय भएको छ । महासंघ जिल्ला शाखा बर्दियाको स्थापनाकाल देखि हालसम्मको इतिहास र गतिविधि समेटिने गरी स्मारिका प्रकाशन गर्ने, महासंघको आयोजनामा जिल्लाका सम्पूर्ण पत्रकारहरूलाई सहभागी गराई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने र नियमित बैठक हरेक महिनाको पहिलो शनिबार ठिक ११ बजे बस्ने निर्णय गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments