“स्वदेशी फिर्ती कार्यविधि” कार्यान्वयनको मागगर्दै ज्ञापन पत्र
मुरली गोडिया, ५ पुस, बर्दिया । माइती नेपाल बर्दियाले “स्वदेशी फिर्ती कार्यविधि” कार्यान्वयनको माग राखी जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापनपत्र बुझाएको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली २०६५ मा व्यवस्था भए अनुसार विदेशमा अलपत्र परेका पिडितहरुको उद्धार गर्ने तथा निजको सहमतिमा स्वेदेश फिर्ति गर्ने व्यवस्था भएतापनि कार्यविधिको अभावमा कार्य गर्न समस्या भएको माइती नेपालको ठहर छ ।
हाल सम्म स्वदेश फिर्ति कार्यविधिको अभावमा उद्धार तथा स्वदेश फिर्ति कार्य नितान्त सिमित संस्थाहरुको पहलको आधारमा मात्र भइरहेको हँुदा नेपाल सरकारको तर्फबाट छुट्टै “स्वदेश फिर्ति कार्यविधि तयारीको लागि माइती नेपालले जिल्लामा “मानव बेचबिखनबाट प्रभावितहरुको उद्धार, स्वदेश फिर्ति र सामाजिक पुर्नस्थापनाका लागि “मानक संचालन कार्यविधि हस्ताक्षर अभियान संचालनमा ल्याई उक्त कार्यविधि अविलम्ब कार्यन्यन गर्ने माग गरेको हो ।
ज्ञापनपत्रमा विगत लामो समयदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालले कामगर्दै आएको उल्लेख गरिएको छ । मानव बेचविखन, जवरजस्ती करणी यौनजन्य र महिला हिंसाका विविध पक्षहरुमा कामगर्दै आएको माइती नेपालले राज्यका विभिन्न निकायहरुको सहकार्य र समन्वयमा विभिन्न कार्यकमहरु संचालनगर्दै आएको ज्ञापनपत्र मार्फत जानकारी गराएको छ ।
माइती नेपालले स्वदेश तथा विदेशमा बेचबिखनमा परेकाहरुको उद्धार र स्वदेश फिर्तिको लागि नेपाल भारत सीमा नाकाहरुमा विभिन्न समयमा सीमा नाकाहरुमा कार्यरत भारतीय सुरक्षा निकायहरु, नेपाल सरकारका सुरक्षा निकायहरु लगायत सम्विन्धित सरोकारवालाहरु संग सहकार्य तथा समन्वय गरी काम गर्दै आएको माइती नेपालकी संयोजक गायत्री रीमालले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख प्रशासकिय अधिकृत विमल गुरुङ्गलाई ज्ञापन पत्र बुझाएको छ ।
१७ °C काठमाडौं
Facebook Comments