जनभावना सहकारीका सदस्यहरुलाई तोरीको तेल उपहार
विन्दु चौधरी, ५ पुष, बाँसगढी (बर्दिया) । जनभावना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाँसगढीले आफ्नै व्यवस्थापनमा सञ्चालन गरेको तेल मिलबाट उत्पादन गरिएको शुद्ध तोरीको तेल आफ्ना सदस्यहरूलाई वितरण गरेको छ । संहकारीको चौथो वार्षिक साधारण सभाको अवसरमा संस्थाले सदस्यहरूलाई १।१ लिटर शुद्ध र गुणस्तरीय तोरीको तेल उपहारस्वरूप वितरण गरेको हो ।
बाँसगढी नगरपालिका वडा नम्बर ५ मा रहेको जनभावना बहुउद्देश्यीय सहकारीले सदस्यहरूको हित र आत्मनिर्भरता बढाउने उद्देश्यले आफ्नै तेल मिल सञ्चालनगर्दै आएको संस्थाका अध्यक्ष शेरबहादुर सुनारले बताउनुभयो । उहाँले शेयर सदस्यहरूको उपभोगका लागि शुद्ध र स्वस्थ्यकर उत्पादन उपलब्ध गराउने लक्ष्य अनुसार तेल उत्पादन गरिएको जानकारी दिनुभयो । संस्थाले आर्थिक वर्ष २०८०।८१ मा दुई करोड ८२ लाख एक हजार ९१ रुपैया बराबरको कुल करोबार गरेको छ । संस्थाले शेयर पुँजी ५५ लाख २९ हजार ६ सय रुपैया रहेकोमा ऋण लगानी दुई करोड ८ लाख ४२ हजार ६ सय ७ रुपैया, बैंक मौज्दात ३१ लाख ७७ हजार ७ सय ८४ रुपैया रहेको छ ।
संस्थाको शुद्ध नाफा २० हजार एक सय ८८ रुपैया मात्र रहेको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राम लाल श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । प्रगति प्रतिवेदन संस्थाका सचिव विनोद कुमार परियारले गर्नुभएको थियो । राष्ट्रिय सहकारी बैंक भुरिगाउ शाखाका प्रमुख नन्दलाल जैसी, बढै्याताल गाउँपालिका वार्ड नं ५ का वडाअध्यक्ष तुलाराम चौधरी लगाएत विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । साधारणसभामा संस्थाले विभिन्न विधामा उत्कृष्ठ हुने सदस्यलाई सम्मान गरेको छ ।
सम्मान हुनेमा मासिक बचतकर्तामा डिल कुमारी राउत, गोरख बहादुर बुढा र ज्ञान कुमारी कार्की, बाल बचतमा पुनम बिष्ट र शिक्षिता अधिकारी, दैनिकी बचतमा इशकुमारी थारु, दुर्गा प्रसाद थारु र शान्ता गुरुङ शेयरतर्फ सितारमा थारु र संस्थाका उत्कृष्ट कर्मचारीमा रिता खनाल र अन्जु पुन मगरलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष शेरबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रेशम खत्रीले गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव विनोद कुमार परियारले गर्नु भएको थियो ।
३० °C काठमाडौं
Facebook Comments