सीमावर्ती स्थानियलाई सशस्त्र प्रहरीद्वारा डकर्मी तालिम
यादव आचार्य, ५ पुष, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ र १० स्थित भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने स्थानियलाई डकर्मी तालिम दिईएको छ । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत दुवै वडाका स्थानियलाई स्वरोजगार मूलक गारो लगाउने (डकर्मी) तालिम दिईएको हो ।
स्किल ट्रेनिङ एण्ड रिसर्च कन्सल्टेन्सी प्रालि नेपालगञ्ज बाँकेको प्राविधिक तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाको आयोजनामा १५ दिने डकर्मी तालिम शुरु गरिएको हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्रांगत दाहालले बताए । सशस्त्र प्रहरीले पछिल्लो समय सीमावासी लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सीमावर्ती स्थानियको क्षमता विकास गरी अवसर उपलब्धगर्दै स्वरोजगारका माध्यमबाट आयआर्जन गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले प्रष्ट्याए ।
तालिममा दुवै वडाबाट ८ जना महिला र १३ जना पुरुष गरी २१ जना स्थानियहरु सहभागी छन् । उनले भने तालिम लगायतका विविध कार्यक्रमका माध्यमबाट सीमावासी र सशस्त्र प्रहरी बलबिच सम्बन्ध थप मजबुद हुने हाम्रो विस्वास छ । विहिबारदेखि शुरु भएको तालिम पुष २१ गते सम्म चल्ने उनले जनाए । तालिम पाएसँगै सीमावर्ती स्थानियहरु हर्षित छन् ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत गुलरिया नगरपालिका वडा नम्बर ८ मा अवस्थित श्रीबाल विद्यामन्दिर आधारभुत विद्यालयका छात्र छात्राहरुलाई खेलकुद सामाग्रीसँगै स्टेशनरीहरु निःशुल्क वितरण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, शिक्षक, कर्मचारीहरुको सहभागीतामा १ सय ८३ जना विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गरिएको गणपति दाहालको भनाई छ । अन्य विद्यालयहरुमा पनि शैक्षिक सामाग्री हस्तान्तरण गर्ने तयारी रहेको उनले सुनाए ।
छात्र छात्राहरुलाई अभिभावकसहितको उपस्थितीमा कापी, पेन्सिल, कटर, ईरेजर, भलिवल, फूटवल तथा स्किपिङ रोप हस्तान्तरण गरिएको छ । उनले अगाडी भने, हामी जिल्लाका सीमावर्ती स्थानियहरुसँग अन्य कार्यक्रमहरु गर्ने तयारीमा छौं । क्रमशः अन्य सीमावर्ती क्षेत्रहरुमा पनि कार्यक्रम लैजान्छौ । शान्ति सुरक्षा तथा सीमा सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सीमा वासीहरुसँग सहकार्य र हातेमालोगर्दै त्रुटिरहित ढंगबाट सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने हाम्रो प्रमुख उद्देश्य हो गणपति दाहालले भने ।
१७ °C काठमाडौं
Facebook Comments