• ३ वैशाख २०८३, बिहिवार
  • २२ °C काठमाडौं
बाल विवाह अन्त्यगर्न अभिभावक एवम् अगुवाको भूमिका महत्वपूर्ण : सांसद थारु 

मुरली गोडिया, ५ पुष, बर्दिया । बाल विवाह अन्त्य गर्न बालवालिकाका अभिभावक तथा सामाजिक अगुवाहरुको भूमिका महत्वपूर्ण रहने लुम्विनी प्रदेसका सांसद राजकुमार थारुले बताउनु भएको छ । बारबर्दिया नगरपालिकाको वडा नम्बर ५ लाई बाल विवाह अन्त्य घोषणाका क्रममा सम्बोधनगर्दै सांसद थारुले अभिभावकले चाहे आफ्ना बाल वालिकालाई बाल विवाह गर्नबाट रोक्न सक्ने उहाँको भनाई छ । 

हालसम्म बारबर्दिया नगरपालिकाको ३ वटा वडा बाल विवाहमुक्त घोषणा भएका छन् । बारबर्दिया नगरपालिकाले २०८३ सम्ममा ११ वटै वडा बालविवाह मुक्त गरि पालिकालाई नै बालविवाह मुक्त पालिका घोषणा गर्ने लक्ष्य राखी अघि बढेको नगरप्रमुख छविलाल थारुले बताउनु भएको छ । नेपालमा सन् २०३० सम्ममा नेपाललाई बाल विवाहमुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार बारबर्दिया नगरपालिकालाई वि.स.२०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत वडा नम्बर ५ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । 

बारबर्दिया नगरपालिकाले बाल विवाह न्युनिकरण निर्देशिका २०७८ अनुसार वडामा १५ प्रतिशत भन्दा कम बाल विवाह भए घोषणा गर्न सकिने थ्रेसहोल्ड र वडा स्तरमा बिभिन्न किसिमका बाल विवाह रोकथामका क्रियाकलाप तथा सुचकहरु पुरागरी कार्यान्वयन गरेको वडालाई बाल विवाह मुक्त घोषणा गर्न सक्ने ब्यबस्था रहेको महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले बताउनु भयो । 

बारबर्दिया नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लाल बहादुर थारुको सभाध्यक्षमा भएको कार्यक्रम वडाको आयोजना, प्लान इन्टरनेशनल नेपाल भेरी वातावरणिय विशिस्टता समुह (बि ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका सस्थाहरुको सहकार्यमा बालबिवाह मुक्त वडा घोषणा गरिएको बताईएको छ । घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, यवा कलब, गाउँ बरघर, सरोकारवाला निकाय तथा वडा कार्यालयलाई दुई कठठा जग्गा दान गर्ने दातालाई सम्मान गरीएको छ ।

सम्बन्धित समाचार

Facebook Comments