• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
दिगो बन व्यवस्थापन गर्न खेर गएको रुख विस्थापित गर्ने सरकारको योजना 

विष्णु अधिकारी, ५ पुष, बर्दिया । सरकारले दिगो वन व्यवस्थापनका लागि पुराना अनुत्पादक रुखहरु विस्थापित गरि नयाँ विरुवा स्थापितगर्दै नागरिकको काठमा सहज रुपमा आवश्यकता परिपुर्तिका लागि काम अघि बढाएको छ । वनलाई राम्रो बनाउनका लागि अनुत्पादक रुख काटी नयाँ विरुवा उमार्ने र हुर्काउने प्रक्रिया अघिसार्दै दिगो वन व्यवस्थापन तथा  सम्बद्र्धन प्रणाली कार्यान्यवन सुदृढिकरण कार्यमा डिभिजन वन कार्यालय बर्दिया अघि बढेको बताईएको छ । 

वन व्यवस्थापन गर्न अनुत्पादक विरुवा काटी सकेको ठाउँमा नयाँ विरुवा हुर्काइ वन बनाईने भएकाले यसको सम्पुर्ण अधिकार कानुनले डिभिजन वन कार्यालयलाई दिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले बताउनु भएको छ । नेपालमा दिगो वन व्यवस्थापन समयमा गर्न नसक्दा बर्षेनी १५ करोड क्युफिट काठ खेर गैरहेको उहाँको भनाई छ । सुवेदीले बर्दिया जिल्लामा मात्र बर्षेनी ४ लाख क्युफिट काठ समयमा निकाल्न नसक्दा आम उपभोक्ताहरु काठ नपाउँदा बैकल्पिक रुपमा अन्य वस्तुहरु प्रयोग गर्न वाध्य भइरहेको तथ्याङ्क प्रस्तुत गर्नु भएको छ ।

दिगो वन व्यवस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वयन सुदृढिकरणका लागि यस वर्ष ६ हजार हेक्टरमा रहेको उमेर पुगिसकेका उत्पादन विहिन ४ हजार रुखहरु विस्थापित गरि नयाँ रुख सुदृढिकरण गरिने डिभिजन वन कार्यालयले लक्ष्य लिएको छ । दिगो वन व्यवस्थापन कार्यक्रमबाट आम नागरिकहरु काठ नपाएर भौतारिनु पर्ने कुराको अन्त्य गर्ने र नागरिकले सहज रुपमा हप्ता दिन भित्रमा नै आपुर्तिको काठ पाउने गरि काम गर्न लागेको उहाँको भनाई छ ।

संघीय वन नियमावली २०७९ को नियम १५ मा वन व्यवस्थापन गर्दा वन संवर्दन प्रणाली अवलम्बन गर्नु पर्ने व्यवस्था रहेकोले त्यसै अनुरुप सरकारले दिएको जिम्मेवारी पुरा गर्ने दिशा तर्फ डिभिजन वन कार्यालय अघि बढेको सुवेदीको प्रष्ट्याउनु भयो । वन संर्बद्धन प्रणाली अवलंवन गरि वन संर्बद्धनका लािग क्रियाकलापहरु कार्यान्वयन गर्दै आवश्यकता अनुसार अन्य वन व्यवस्थापनका क्रियाकलाप कार्यान्वयन गर्ने लक्ष्य सरकारको रहेको छ । मुख्यतया वन संर्बद्धनका क्रियाकलापमा पुनरुत्पादन कटान, पुनरुत्पादन तयारी कटान र पतल्याउने तथा सुधार कटान गरि सो स्थानमा  विरुवा उमार्ने कार्य गर्ने डिभिजन वन कार्यालय बर्दियाले जानकारी दिएको छ । 

कार्यालयले कटान गरेको स्थानमा विरुवा उमार्नका लागि पुनरुत्पादन अभिवृद्धी गर्दै हाँगाविंगा लगाएत झारपात सफाई र संरक्षण गर्ने कार्य गर्ने लक्ष्य लिएको छ । बर्दिया जिल्लामा २ सय ८२ वटा सामुदायिक वन रहेको छ, जसमध्ये ५० हेक्टर भन्दा साना १३६ वटा, ५० देखि १०० हेक्टर सम्मका लागी ७४ र १०० हेक्टर भन्दा ठेला ७३ वटा सामुदायिक वन रहेको छ । २७ वटा सामुदायिक वनको कार्ययोजना अन्तर्गत वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ अनुसार बनेका मध्ये १६ वटा हालको वन संर्बद्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड बमोजिम संशोधन भएका र ११ वटा सामुदायिक वन संशोधन हुन बाँकी रहेको डिभिजन बन कार्यालय बर्दियाले जनाएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments