• ९ वैशाख २०८३, बुधवार
  • ३० °C काठमाडौं
राधाकृष्णा थारु जनसेवा केन्द्रको वार्षिक बजेट ५ करोडभन्दा माथी 

मुरली गोडिया, ३ पुष, बर्दिया । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाको गत आर्थिक बर्षको बार्षिक आयब्यय ५ करोड भन्दा माथी पुगेको छ । विभिन्न परियोजना तथा कार्यक्रमको कुल आय ५ करोड ८ लाख ३८ हजार ५ सय ६५ रहेको छ भने कुल व्यय ५ करोड ६ लाख ९२ हजार ४ सय ४१ रुपैया रहेको संस्थाले जनाएको छ । 

बर्दियामा रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रको वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । २०५३ साल असार २६ गते स्थापना भई गैरसरकारी तथा गैर नाफामुखी रुपमा कामगर्दै आएको केन्द्रले लामो समयदेखि विपन्न वर्ग, द्वन्द प्रवाहित, सिमाकृति तथा अल्पसंख्यक समुदाय, उपेक्षित वर्ग, महिला तथा बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुको परिवारका साथै लैङ्गिक हिंसा पीडितहरूका लागि कामगर्दै आएको छ । 

साधारण सभामाबोल्दै संस्थाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले सबैभन्दा बढी शोषित पीडित उपेक्षित तथा पाखा लगाइएका समुदायको संस्कृतिकरण गर्दै उनीहरूलाई सम्मानित जीवनको स्तरमा पुर्याउने आफ्नो उद्देश्य रहेको बताउनु भयो । संस्थाले जिल्लाका विभिन्न पालिकामा विभिन्न परियोजनाहरू मार्फत शिक्षा, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बाल अधिकार, बाल संरक्षण, स्वास्थ्य, खानेपानी, खाद्य सुरक्षाका साथै सामाजिक न्याय र मानव अधिकार र जलवायु परिवर्तन तथा अनुकूल सम्बन्धी कामगर्दै आएको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नु भएको थियो । 

राधाकृष्ण थारु जनसेवा केन्द्रले शसक्त बालिका परियोजना, किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकार परियोजना, प्रत्याभुत संचार परियोजना संचालनगदै आएको छ । यस्तै समाजिक सेवा इकाई संचालन कार्यक्रम लगायत कार्यक्रमहरु जिल्लामा गर्दै आएको छ । साधारण सभा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्ट, गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, वरिष्ठ शाखा अधिकृत मुकुन्द आर्याल विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी स्थानिय नगारिक संचारकर्मिको उपस्थितीमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments