बढैयाताल गाउँपालिकाको एकघण्टे नमूना अध्यक्षमा बर्षा
दलबहादुर सुनार, २ पुष, बर्दिया । एक घण्टाको लागि १४ बर्षे किशारी बर्षा थारु बढैयाताल गाउँपालिकाको अध्यक्ष बनाईएको छ । बाँके युनेस्को क्लब नेपालगंजको सशक्त वालिका परियोजनाले सोमबार गरेको गल्र्स टेकओभर नमुना अभ्यासमा वर्षा थारु एक घण्टाको लागि पालिका अध्यक्ष बनाईएको हो ।
किशोरीहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले आयोजित गल्र्स टेक ओभर कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले आफ्नो अध्यक्ष पद बर्षा थारुलाई हस्तान्तरण गरि नमुना अभ्यासको शुभारम्भ गर्नु भएको थियो । अध्यक्ष पद बाहाली गरेसंगै नब नियुक्त पालिका अध्यक्षलाई सहभागिहरुले किशोरी मैत्री संस्था विकासको लागि पालिकाको योजना के छ ? बढैयातालको गुणस्तरण शिक्षाको लागि के कस्ता प्रयासहरु भएका छन्, बिद्यार्थीहरुको लागि पढ्दै कमाउदै सम्बन्धी कस्तो योजना छ, लागुऔषध रोकथाम सम्बन्धी कस्ता योजना छन् लगायतका प्रश्नहरुको उत्तर नव नियुक्त अध्यक्ष थारुले दिनु भएको थियो ।
बढैयाताल गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा भएको नमुना अभ्यास कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले नमुना अभ्यासले किशोरीहरुको समस्या हल गर्नको लागि बहस गर्ने क्षमताको बिकास हुने, पालिका र किशोरी क्लब विचको सम्बन्ध नजिक हुने, पालिकाद्वारा प्रवाह हुने सेवा, संचालन प्रकृया र शाखाबाट हुने कामको अवलोकन गरेर नमुना अभ्यास गर्न सकेको भए अझ प्रभाबकारी हुने बताउनु भयो । सशक्तिकरण र क्षमता विकासको लागि यस्ता नमुना कार्यक्रम कम्तिमा २ महिनाको एक पटक गर्नका लागि आयोजक संस्थालाई प्रमुख प्रशासकिय अधिकृत सुवेदीले सुझाब समेत दिनु भएको छ ।
नमुना अभ्यास कार्यक्रममा ५ कक्षा देखि ११ कक्षा सम्म अध्ययनहत छात्राहरु, पत्रकार, सरस्वती मा.बि.फुटाहका शिक्षक ढाकाराम लामीछाने बाँके युनेस्को क्लबका किशोरी क्लबका सहजकर्ता लगायतको सहभागिता रहेको थियो । नमुना अभ्यास कार्यक्रममा किशोरी क्लबकी सदस्य अनामिका थारुले किशोरीहरुका सवाल, किशोरीहरुको हक अधिकारसंग सम्बन्धीत राष्ट्रिय तथा अन्र्ताराष्ट्रिय नीतिगत ब्यबस्था र पालिकाबाट गर्नुपर्ने पहलहरुको बारेमा तयार पारिएको घोषणा पत्र पढेर पालिका अध्यक्ष हिमालय त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको सशक्त बालिका परियोजना बढैयातालका फिल्ड सुपरभाइजर राम बहादुर थारुले जानकारी दिनुभयो ।
१७ °C काठमाडौं
Facebook Comments