राष्ट्रिय प्रजातन्त्र पार्टीको शिक्षा विभागद्वारा बर्दियामा सुझाव संकलन
मुरली गोडिया, २ पुष, बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीको शिक्षा विभागद्वारा बर्दियामा सुझाव संकलन तथा अनुशिक्षण गरिएको छ । पार्टीको शिक्षा विभागको अयोजनामा गुलरियामा गरिएको उक्त कार्यक्रममा हालको शिक्षा नितिको अवस्था एवं अगामी दिनमा सुधार गर्नुपर्ने पक्षको विषयमा सझुाव संकलन तथा अनुशिक्षण कार्यक्रम गरेको हो ।
विगतमा राष्ट्र धर्म राजा सेनाको जगले मुलुक स्वतन्त्र रहेको उल्लेखगर्दै पछिल्लो समय देशको स्वतन्त्रता, राष्ट्रियता लगायत विषय माथी अहिले मास्ने षडयन्त्र भइरहेको औंल्याइएको थियो । राष्ट्रमा स्थायित्व कायम गर्न नसकेर विकासको गति एवं जनताको सर्वाङ्गीण विकासमा बाधा पुगेको बताइएको छ । शिक्षामा अन्य राष्ट्रले धेरै अगाडी पुगी सकेको भन्दै शिक्षा नितीमा सुधारका आवश्यकता रहेको कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।
नेपालको शिक्षा नितीमा गर्नुपर्ने सुधारका पक्षहरुको विषयमा छलफल गरिएको थियो । नेपालमा शिक्षा ऐनहरु पहिलो पटक २०२८ सालमा राजा महेन्द्र, ज्ञानेन्द्र हुँदै लोकेन्द्र बहादुर चन्दको पालामा २०५९ सालमा शिक्षा निर्देशिकाहरु तयार गरिएको थियो । देशमा विभिन्न समयकाल अनुसारको राज्य व्यवस्थाहरु परिवर्तन भएपनि शिक्षा ऐन, नितीमा खासै कुनै परिवर्तन नगरिएको भन्दै नितिमा परिवर्तन तथा सुधारको आवश्यकता रहेको राप्रपा शिक्षा विभागका प्रमुख डाक्टर राजेश गीरीले बताउनु भयो ।
प्रशिक्षण दिंदै गीरीले नेपालको विकासका निम्ती शिक्षा नितिको सुधार अपरिहार्य रहेको उल्लेख गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाका कार्यवाहक अध्यक्ष कल बहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका कार्यकताहरुको सक्रिय सहभागीता रहेको संघिय क्षेत्र नम्बर २ की अध्यक्ष पार्वती लम्सालले जानकारी गराउनु भयो । उक्त सुझाव संकलन तथा अनुशिक्षणका क्रममा राप्रपाले राष्ट्र धर्म संस्कार बचाउनु पर्छ भन्ने ठहर गरेको छ ।
२१ °C काठमाडौं
Facebook Comments