• १७ जेठ २०८३, आइतवार
  • २० °C काठमाडौं
बाँसगढीमा स्वास्थ्य स्वयंसेविका सम्मानित

विन्दु चौधरी, बाँसगढी (बर्दिया), मंसिर १९ । २० औं अन्तर्राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा बाँसगढीका ३ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ । बाँसगढी नगर अस्पतालद्वारा आयोजित कार्यक्रममा वार्ड नम्बर ४, ५ र ६ वडाका एकएक जना गरि ३ जनालाई सम्मान गरिएको हो । 


सम्मानित स्वयमसेविकाहरुमा वडा नं ४ का कालिका बास्तोला, वडा ५ का कलामति थारु र वार्ड नं ६ का सीता थारुलाई सम्मान गरिएको हो । स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदरगर्दै उहाँहरुलाई सम्मान गरिएको नगर अस्पतालमा कार्यरत सि.अ.हे.व अधिकृत हरिहर तिवारीले बताउनुभयो ।  कार्यक्रममा २ दशकभन्दा बढी समयदेखि स्वयमसेविका भएर योगदान गरेपनि उचित सेवा, सुविधा उपलब्ध नभएको प्रष्ट्याउनु भयो । प्रदेश सरकार, स्थानीय सरकार र वडा कसैले पनि आफुहरुको जिम्मा नलिएको भन्दै उनीहरुले फिल्डमा खटिएको बेला दैनिक भत्ता ४ सय मात्र पाइरहेको गुनासो पोखेका थिए । कम्तीमा चाडपर्वमा १० हजार मात्र भएपनि भत्ता पाउनुपर्ने, विरामी भएको बेला उपचार खर्च लगायत सुविधा पाउनुपर्ने माग स्वयंसेविकाहरुको छ । 


सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई सूचीकृत गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा व्यवस्था गर्नुपर्ने र मासिक रिपोर्ट बुझाए बापत ५ हजार रुपैया कायम गर्नुपर्ने लगाएतका १० वुदे माग पत्र पेश गरिएको नगरस्तरिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका संजालका अध्यक्ष कालिका बास्तोलाले जानकारी दिनुभयो । कार्यक्रममा बाँसगढी नगरपालिका वाड नं ५ का वडाअध्यक्ष दहवा थारु र वाड न. ६ का वडाअध्यक्ष लाल बहादुर क्षेत्रीले गुनासो जायज भएको धारणा राख्दै समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताउनु भयो । वडास्तरिय स्वास्थ्य स्वयमसेविका संजालका अध्यक्ष सुर्यकला पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सि.अ.हे.व अधिकृत हरिहर तिवारीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments