बर्दियाका अंग्रेजी बिषय शिक्षकलाई ३ दिने तालिम
मुरली गोडिया, ३० मंसिर, बर्दिया । बर्दियाको गुलरियामा अंग्रेजी विषयगत शिक्षकहरुको लागि ३ दिने पेशागत क्षमता विकास सम्बन्धि आधारभुत तालिम दिइएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया र शिक्षा बिकास तथा समन्वय इकाइको समन्वयमा जिल्लाको चार पालिकाका २१ जना शिक्षक शिशिकालाई बिद्यालयमा पठनपाठन गराउन थप सहयोग पुग्ने उद्देश्यले तालिम दिईएको हो ।
प्लानइन्टरनेशनल नेपालद्वारा संचालित सशक्त बालिका परियोजना अन्र्तगत ३ दिने तालिम दिइएको परियोजनाका संयोजक मनोज पौडेलले जानकारी दिनुभयो । मंसिर २८ गते देखि सुरु भएको तालिम आइतबार सम्पन्न भएको छ । तालिमबाट बिद्यार्थीहरुलाई अध्यापन गराउन थप सहयोग पुग्ने तालिममा सहभागी शिक्षिका गोमा चालिसेले प्रतिकृया दिनुभयो । बिद्यालयमा बिद्यार्थीहरु बिच समूह बनाई उनिहरुलाइ कसरी सहज बाताबरणमा उत्पेरणा जगाई अध्यापन गराउने विषयमा समेत जानकारी पाइएको चालिसेले सुनाउनु भयो । यस्तै अर्का सहभागी शिक्षक सानु कान्छा तमाङ्गले बिद्यालयमा समग्र शिक्षा सुधारको बारेमा सिकाइ भएको सुनाउनु भयो ।
कक्षाका बिद्यार्थीलाइ अध्ययन गरि रहेको पाठ्क्रम प्रती कसरी आकर्षित गराउने तरिका बारे जानकारी पाइएको उहाँको भनाई छ । यस्ता तालिम र सिकाइ भन्ने सधै भरी हुनुपर्ने भन्दै सिकेका नयाँ कुराहरु बिद्यालयमा सबैले अनिवार्य लागू गरे प्रतिफल सकारात्मक आउने प्रशिक्षक दान बहादुर चन्दले बताउनु भएको छ । समापन कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख सुर्य बहादुर खत्रीले विशेष गरि गणित, बिज्ञान र अङ्ग्रेजी बिषयका शिक्षकहरुले अध्यापन गराउने बिषयमा विषेश ख्याल गर्न आग्रह गर्नु भयो । जिल्लाको समग्र शिक्षाको अवस्थालाई उधृत गर्दै उहाँले एसईई तथा कक्षा १२ को आएको परिक्षाफल हेर्दा शिक्षणशैलीमा निक्कै सुधारको अवश्यकता रहेको औल्याउनु भयो ।
यस्ता तालिमहरुले उक्त समस्या समाधान गर्न सकिने खत्रीको विश्वास छ । तालिममा सिकेका कुरालाइ सबैले ब्यवहारमा लागू गर्न सुझाव समेत दिनु भयो । कार्यक्रममा बोल्दै राधाकृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति यज्ञराज पोख्रेलले तालिम बहुउपयोगी भएको बताउनु भयो । सिकाइ निरन्तरको प्रक्रिया भएको उल्लेख गर्दै उहाले बिद्यालयमा शिक्षक र विद्यार्थी बिच लागू गराउन अनुरोध गर्नु भएको छ । बर्दियाको ठाकुरबाबा, राजापुर, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाकामा अध्यापन गराउदै आएका शिक्षक शिक्षिकालाई तालिम दिएको परियोजना संयोजक मनोज पौडेलले बताउनु भयो ।
१७ °C काठमाडौं
Facebook Comments