कैलालीमा अवस्थित सहकारीको शाखा अब बर्दियाको राजापुरमा
केशव कोईराला, ३० मंसिर, राजापुर (बर्दिया) । कैलालीको लम्किमा केन्द्रिय कार्यालय रहेको किसान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा तथा किसान एग्रो विजनेसको एक कार्यक्रमका बिच राजापुरमा उद्घाटन गरिएको छ । सो कार्यालयको राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उप प्रमुख चौधरीले किसान लागि सहुलियत दरमा बीउ बिजन, बिषादी, कृषि औजार उपलब्ध हुने ब्यबस्था मिलाएकोमा संस्थालाई धन्यवाद दिदै, पालिकाबाट हुनसक्ने अनुदान सहयोग दिन आफु लागिपर्ने बताउनु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै किसान बहुउद्देश्य सहकारी संस्थाका महाप्रबन्धक डम्मर बहादुर शाहले कृषि क्षेत्रको उर्वर भूमि बर्दिया जिल्लामा किसानहरूलाई सहुलियत दिनका लागि किसान बहुउद्देश्य सहकारी संस्थाले शाखा विस्तार गरेको बताउनु भयो ।
यस क्षेत्रमा रहेका किसानहरूलाई थप सुविधा प्रदान गर्न किसान बहुउद्देश्यीय सहकारी सधैं प्रतिबद्ध रहेको समेत उहाँको भनाई थियो । कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति सदस्य तथा कृषि समितिका संयोजक मनिस न्यौपानेले राजापुर आसपासका किसानहरूका लागि कृषि सुविधा प्रदान गर्न शाखा विस्तार गरिएको बताउनु भएको छ । उहाँले यस क्षेत्रमा रहेका किसान बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध शेयर सदस्य तथा आम किसानहरूलाई कृषि बिउ विजन लगायतका कृषि सामग्री सहज रुपमा प्रदान गर्नु संस्थाको उद्देश्य रहेको बताउन ुभएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका सचिव लोकराज तिमिल्सिनाले किसानलाई सहजता प्रदान गर्नुनै संस्थाको मूल उद्देश्य रहेको बताउँदै संस्थाले किसानको हितमा सधैँ लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्दुभयो । संस्थाले यस अघि राजापुर नगरपालिका –८ धोबिनिपुर बाट बचत संकलन, कर्जा प्रवाह, गर्दै आएकोमा अहिले राजापुर –४ बाट एग्रो बिजनेस सेवा बिस्तार गरेको शाखा प्रमुख राम बहादुर बिकले जानकारी दिनु भयो ।
३० °C काठमाडौं
Facebook Comments