दुर्घटनामा परी बाबु छोरीको मृत्यु श्रीमती र छोरा घाइते
मुरली गोडिया, ३० मंसिर, बर्दिया । बर्दियाको गुलरियामा भएको सडक दुर्घटनामा परि बाबु छोरीको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नम्बर १ घर भई हाल गुलरिया नगरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्षिय राम कुमार शाह र उनकी ६ वर्षिया छोरी विद्या शाहको ज्यान गएको हो ।
आईतबार दिउँसो करिब २ः४० बजेको समयमा गुलरिया न.पा. ६ पुरानो ट्राफिक कार्यालय स्थित हुलाकी सडक खण्डमा गुलरिया देखि भादापुल तर्फ शाह आफैले चलाउँदै गरेको बा ६८ प ७०३६ नं. को स्कुटरले कैलाली भजनि न.पा. ६ बस्ने बर्ष ३२ का राकेश चौधरीले रोकी राखेको म १ त १०६२ नंम्बरको ट्याक्टरको पछाडी ट्रलीमा ठोकिदा ज्यान गएको जिल्ला टाफिक कार्यलय गुलरियाका प्रहरी हवल्दार कृष्ण डाँगीले जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार स्कुटीमा एकै परिवारका ४ जना सवार थिए । शाहकी श्रीमति वर्ष ३२ की रुवी साहको निधारमा चोट लागेकोे छ । यस्तै छोरा बर्ष २ को प्रिन्स साहलाई केही पनि नभएको डाँगीले खुलाउनु भयो । घाइते श्रीमति र छोराको उपचार बर्दिया अस्पतालमा भइरहेको जनाइएको छ भने ट्रेक्टर प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।
१७ °C काठमाडौं
Facebook Comments