• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
अन्नपूर्ण सहकारी बाँसगढीको साढे ११ करोड बढीको कारोबार

विन्दु चौधरी, २९ मंसिर, बर्दिया । साढे ११ करोड बढीको कारोबार गर्दै अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाँसगढी नगरपालिका वाड नं ४ मतरियामा रहेको अन्नपूर्ण सहकारी संस्थाले ११ करोड ७७ लाख ४३ हजार बराबरको कुल कारोबारगर्दै १९ लाख ७३ हजार रुपैयाँ शुद्ध बचत गर्न सफल भएको छ । 

लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्था व्यवस्थापक गंगा वलीले सहकारी संस्थाले ५७ लाख ७६ हजार रुपैयाँ खर्च र ७९ लाख ६८ हजार रुपैयाँ आम्दानी गरी १९ लाख ७३ हजार रुपैयाँ शुद्ध बचत गर्न सफल भएको जानकारी गराउनुभयो । प्रतिवेदन अनुुसार चालु आर्थिक वर्षमा संस्थाको शेयर पूँजी ७९ लाख ३३ हजार रुपैयाँ रहेको छ भने कुल ऋण लगानी ६ करोड ४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । कुल ९ हजार ४६ जना शेयर सदस्यहरू मध्येका हितकोषको रकम १२ लाख ६६ हजार रुपैयाँ रहेको संस्थाका ब्यवस्थापक वलीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ । साधारणसभामा सहकारीका कोषाध्यक्ष भक्तिराम अधिकारीले आगामी कार्यक्रम र बजेट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उहाँले सदस्यहरूको कर्जा मागलाई ध्यानमा राख्दै सहकारीले हाल १० लाखसम्म रहेको कर्जा सीमा वृद्धि गरी १२ लाखसम्म पुर्याउने निर्णय गरेको बताउनुभयो । सहकारीले गत वर्षदेखि सञ्चालनमा रहेका कार्यक्रमहरूलाई निरन्तरता दिने र नयाँ कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना बनाएको छ । कार्यक्रममा संहकारी संस्थाले विभिन्न ७ विधामा उत्कृष्ट हुने शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा जेष्ठ नागरिक कृष्ण प्रसाद बास्तोला, सकुन्तला पौडेल र डम्मर बहादुर कार्किलाई सम्मान गरेको छ । त्यसैगरी असल बचत कर्तामा मनिराम थारु र एकदेव पौडेल, सबैभन्दा बढि बचत कर्ता गंगाधर पौडेल र सृजना शाह, बचत परिचालन कर्ता टोपलाल खनाल र छोटेलाल थारु, असल उद्यमी ब्यवसायी श्रीकृष्ण देवकोटा र जनजेरिया थारु, सबैभन्दा बढि बाल बचत कर्तामा भरोषा सापकोटा र नीति अधिकारी रहनु भएको छ । 

त्यस्तै एसइइमा उत्कृष्ट हुने श्रीराज कुवर र गरिमा चाधैरी नगद सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको संस्थाका सचिव फणिन्द्र प्रसाद ढुङगानाले जानकारी दिनुभयो । कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले सहकारीले ऋण लगानीको अवसर सिर्जनामा उल्लेखनीय योगदान दिएको चर्चा गर्दै अब सहकारीले उत्पादनमा पनि ध्यान दिर्दै आर्यआर्जनतर्फ जोड दिनुपर्ने सुझाव दिनुभयो । उहाँले सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै कृषि, पशुपालन, तथा अन्य उत्पादनमूलक क्षेत्रहरूमा लगानी वृद्धि गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

साथै, सहकारीको दिगोपनका लागि दीर्घकालीन योजना निर्माणमा जोड दिनसमेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रम सहकारीका अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा र बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काको प्रमुख आतिथ्यता, बाँसगढी नगरपालिकाका सहकारी शाखा प्रमुख रजिष्टार खड्ग बहादुर वली, वाड नं ४ का वडाअध्यक्ष कृष्णप्रसाद बास्तोला, वाडन ं ८ का वडाअध्यक्ष तुलप्रसाद गौतम, विभिन्न सहकारी संस्थाका अध्यक्ष, प्रतिनिधिहरू, संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्ष, शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments