बिपन्न परिवारका युवा महिलालाई बाख्रा हस्तान्तरण
मुरली गोडिया, २९ मंसिर, बर्दिया । आर्थिक अवस्था कमजोर तथा बाल बिबाह भएका वा बाल बिबाहको जोखिममा रहेका विपन्न घर परिवारका युवा महिलाहरूलाई बर्दियामा बाख्रा बितरण गरिएको छ । मधुवन नगरपालिका अन्र्तगतका रहेका विपन्न परिवारहरुको आर्थिक अवस्था सुधार ल्याइ आर्थिक उपार्जन गराउने उद्देश्यले बाल बिबाह न्यूनीकरण परियोजना आन्तर्गत १० जना युवा महिलाहरूलाई बाख्रा वितरण गरिएको छ ।
प्लानईन्टरनेशनल नेपाल तथा बिग्रुपको साझेदारीमा संचालित बालबिवाह न्यूनीकरण परियोजना अन्तर्गत चार लाख पचास हजार मुल्य बराबरको बाख्रा वितरण गरिएको परियोजना संयोजक खेमराज भण्डारीले जानकारी दिनु भयो । १० जना घर परिवारमा उन्नत जातको बाख्रा संगै खोर सुधारको पनि काम गरिएको छ ।
त्यस्तै खोर सुधारका निम्ति लगभग दुई लाख सहयोग गरिएको उहाँको भनाई छ । बाख्रा बितरणले बिपन्न परिवार तथा जिवनयापन गर्न जोखिम मोलि रहेका युवा महिलाहरुको आर्थिक अवस्थामा सुधार हुनुको साथै उनिहरुको बालबालिहरुको पढाई मा सहज हुने आशा गरिएको छ ।
३० °C काठमाडौं
Facebook Comments