• १ माघ २०८१, मङ्गलवार
  • १२ °C काठमाडौं
वन्यजन्तुको अनुगमन गर्न खाता जैविकमार्गमा क्यामेरा जडान

हरि गुरुङ, २३ मंसिर, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकामा अवस्थित खाता जैविकमार्ग क्षेत्र (करीडोर) मा सिसिटिभी क्यामेरा जडान गरिएको छ । करिडोरमा ओहोरदोहोर गर्ने वन्यजन्तुहरुलाई एउटै थलोबाट अनुगमन गर्न क्यामेरा जडान गरिएको हो ।

मधुवन नगरपालिका वडा नम्बर ३ अन्तर्गत हुलाकी राजमार्गमा १० वटा क्यामेरा राखिएको  ड्ब्लुडब्लुएन नेपालका गौतम पौड्यालले बताउनु भएको छ । खाता सामुदायिक वन समन्वय समितिदेखि कोठियाघाटसम्म ८ वटा र ओराली बजारदेखी पुर्व जंगलमा २ वटा क्यामेरा जडान गरिएको छ । क्यामेराको सम्पुर्ण अधिकार डिभिजन वन कार्यालय बर्दियामा रहने बताईएको छ । 

सि.सि.टि.भि. क्यामेराको रेखदेख गर्ने जिम्मेवारी खाता सामुदायिक वन समन्वय समिती मधुवन नगरपालिका वडा नं– ३ खाता बर्दियाको रहनेछ । हुलाकी राजमार्ग अन्तर्गत राखिएका सि.सि.टि.भि. क्यामेराको मुख्य काम वन्यजन्तु अनुगमन मात्र रहने र कुन समयमा वन्यजन्तु भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपाल तर्फ आवातजावत गर्छन  भनी अनुगमन गर्ने र आवातजावत गर्ने यात्रु तथा स्थानीयलाई जानकारी गराउने उदेश्य रहेको बताईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments