• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रताप गौतम  

चुरेकुञ्ज, १९ मंसिर, बर्दिया । ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड. कमलपुर गुलरिया नगरपालिका वडा नम्बर १ को अधिवेशनले प्रतापकुमार गौतमलाई अध्यक्ष पदमा र्निविरोध चयन गरेको छ । गौतमको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति निर्विरोध चयन गरेको हो । 

समितिको उपाध्यक्षमा सीता थारु, कोषाध्यक्ष मिथिलेशकुमार यादव, सचिव अरविन्दकुमार यादव सहसचिवमा कल्पना चौधरी निर्विरोध चयन हुनु भएको छ । सदस्यहरुमा रुपमाया थारु र स्यानी थारु हुनुहुन्छ । त्यस्तै अधिवेशनले लेखा समितिको संयोजकमा हरि विक, सदस्य शुभान चौधरी र बसन्ती थारुलाई र्निविरोध चयन गरेको हो । 

संस्थाको तेस्रो साधारण सभाले साढे ५ लाख रुपैयाको आयब्यय प्रस्तुतगर्दै संस्थाले गरेका प्रगति विवरण तथा आगामी वर्षको निति तथा कार्यक्रम पास गरेको छ । सभामा शेयर सदस्यहरुले आलस (अर्सि), मकै, जौ र दुध उत्पादनका लागि आगामी वर्षको कार्यक्रम सर्वसम्मत पास गरेको  छ । बजार भाउ राम्रो भएकोले सेयर सदस्यहरुले पनि प्राथामिकता दिएर उत्पादनमा लाग्नुपर्ने र सहयोगी संघ संस्थाहरुलाई सहकार्यका लागि अनुरोध गर्ने साधारण सभाबाट पास भएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार

Facebook Comments