सुनौलो महिला सहकारीको स्थापना दिवसको अवसरमा ८४ पुगेका आमाहरु सम्मानित
चुरेकुञ्ज, १८ मंसिर, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित सुनौलो महिला वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवसका अवसरमा आमाहरुलाई सम्मान गरिएको छ । सहकारीको २३ औं स्थापना दिवसको अवसरमा ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिक आमाहरुलाई पौष्टिक आहार, नगद र दोसल्लासहित सम्मान गरिएको हो ।
सम्मानित हुने ८४ बर्ष उमेर समूहका आमाहरुमा गुलरिया नगरपालिका निवासी सावित्री शर्मा, टिकामाया पौडेल, हेमाकान्ती शर्मा, सुदिया थरुनी, झिगिया थरुनी, कौशिल्या बस्याल, महनी थरुनी, तिलकुमारी खनाल, लक्ष्मी उपाध्याय, चोकटी थरुनी, दुर्गादेवी केसी, नर्वदा गिरिनी र बालकुमारी अधिकारी हुनुहुन्छ । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्मान गर्नु भएको हो ।
त्यस्तै सहकारीका ७५ बर्ष उमेर पुगेका शेयर सदस्य आमाहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने शेयर सदस्य आमाहरुमा हिरा भण्डारी, रत्नादेवी बुढाथोकी, योगमाया केसी, महेश्वरी लम्साल, पञ्चमाया मर्हजन र लक्ष्मी गौतम् हुनुहुन्छ । त्यस्तै बाल बचतकर्ताहरुलाई पनि सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा आश्वी पौड्याल, सुप्रिया गौतम र समिर पोख्रेल हुनुहुन्छ । उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य चन्द्रकला तिमिल्सिनालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुनौलो महिलाहरुको सहकारीले महिलाले पनि आर्थिक उपार्जनमा धेरै गर्न सक्ने उदारहणीय बनेकोभन्दै प्रशंसा गर्नु भएकोछ । लैगिक हिंसा रोक्न सबै महिला दिदीवहिनीहरु लाग्नुपर्नेमा प्रजिअ शर्माको जोड छ । सहकारीकी अध्यक्ष ईन्दिरा सुवेदीको अध्यक्षता गरिएको कार्यक्रममा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुँगाना, वडा नम्बर ६ का वडाध्यक्ष शुधांसुप्रकाश शर्मा लगायतका अतिथिहरुले शुभकामना दिनुभएको छ ।
Facebook Comments