स्थानियतह उपनिर्वाचन : बर्दियाको ठाकुरबाबा नपा ४ नम्बर वडाध्यक्षको मत परिणाम
चुरेकुञ्ज, १६ मंसिर, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को वडाअध्यक्ष पदमा भएको स्थानियतह उप निर्वाचनको मत गणना शुरु भएसँगै पहिलो गणनाको मतपरिणाम आएको छ । खसेको २ हजार २३९ मत मध्ये ७ सय ४२ मतको परिणाम आएको छ ।
जसमध्ये चुनाव चिन्ह रुखले ४८६, हँसिया हथौडा १२८, सूर्य ५९, हलो ४०, ढकिया ८ र घण्टीले ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबाले जनाएको छ । जसमा १८ मत बदर भएको छ । १४९७ मत गणना गर्न बाँकी छ ।
Facebook Comments