राजापुरको निर्माणाधिन थारु संग्राहालय अलपत्र : पूर्वमन्त्री दहित
केशव कोईराला, १६ मंसिर, राजापुर (बर्दिया) । युनिक नेपाल बर्दियाका संरक्षक एवं पूर्व मंत्री डाक्टर गोपाल दहितले राजापुर नगरपालिका वडा नं २ मा निर्माणाधिन अलपत्र अवस्थामा रहेको थारु संग्रहालयको पूर्ण निमार्णमा राज्यले ध्यान दिनुपर्ने बताउनु भएको छ । युनिक नेपाल बर्दियाको २९ औं बार्षिक साधारण सभा एवं १३ औं महाधिबेशनलाई सम्वोधन गर्दै डाक्टर दहितले यस्तो बताउनु भएको हो ।
थारुहरुको बाहुल्यता रहेको राजापुर नगरपालिकामा थारुहरुको ऐतिहाँसिक परम्परा झल्कने थारु संग्रहालय अधुरो छोड्न नहुने भन्दै आफुले पहल चाल्ने धारणा राख्नुभयो । युनिक नेपालले यस क्षेत्रको बहुआयामिक बिकासमा सहयोग गरिरहेको बताउर्दै आगामि दिनमा समेत बिभिन्न कार्यलाई निरन्तरता दिने उहाँको भनाई छ । आर्थिक बर्ष २०८०/८१ मा युनिक नेपालले जिवन उपयोगी तालिम, युनिक छात्रबृती तालिम, बित्तीय साक्षरता तालिम, युवा सशक्तीकरण तालिम, आर्थिक सहायता, स्वास्थ्य सेवा कार्यक्रम, सिकलसेल एनिमिया अन्र्तकृया, व्यवशायीक तालिमहरु,भौतिक पूवाधार लगायतका कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
कार्य समिती सदस्य नरेन्द्र थारुले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा इलाका प्रशासन कार्यलयका प्रमुख प्रेम चौधरी, युनिक नेपालका पूर्व अध्यक्ष नरेन्द्र थारु, युनिक नेपालका कार्य समिती सदस्यहरु, पदाधिकारी, बरघर, पत्रकार लगायत सहभागी थिए । सँस्थाका अध्यक्ष पृम बहादुर थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यसै बिच साधारण सभाले पुनः पृम बहादुर थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिती सचीवमा निर्मला चौधरी, कोषाध्यक्षमा जित बहादुर थारु सदस्यहरुमा राधा चौधरी, बसन्ती चौधरी, निर्मल चौधरी, भागिराम चौधरी रहेका छन् । साधारण सभाबाट लेखा समिति समेत चयन गरिएको छ । कन्हैया लाल चौधरी संयोजक रहेको लेखा समितिको सदस्यमा खुशी राम थारु र राम कुमार थारु रहनु भएको छ ।
१८ °C काठमाडौं
Facebook Comments