• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा समेट्ने देशकै पहिलो पालिकाको रुपमा बाँसगढी सम्मानित

विन्दु चौधरी, १२ मंसिर, (बाँसगढी) बर्दिया । बाँसगढी नगरपालिका सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकालाई सामाजिक सुरक्षा कोषमा समेट्ने देशकै पहिलो नगरपालिका बनेको छ । सोही सन्दर्भमा सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल सरकारले बाँसगढी नगरपालिकाका नगर प्रमुख खडकबहादुर खड्कालाई सम्मान प्रदान गरेको छ । 

पालिकाले नगरभित्र रहेको १ सर ३ जना महिला स्वास्थ्य स्वयं सेविकाहरूका लागि प्रति महिना रु. २ हजार २ सय ६८ रुपैया सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्थागर्दै उनीहरूको सेवा र समर्पणलाई कदर गरेको छ । बाँसगढी नगरपालिका यस्तो योजना कार्यान्वयन गर्ने देशकै पहिलो नगरपालिका बनेकोभन्दै नेपाल सरकारले नगरपालिकाको प्रयासलाई प्रशंसा गरेको हो । नगरप्रमुख खड्काले भन्नुभयोे, हामीले गतवर्ष देखि महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम र योगदानले स्वास्थ्य सेवाको पहुँचलाई जनस्तरसम्म पु¥याएका छौ । 

महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि प्रति महिना रु. २ हजार २ सय ६८ रुपैया सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने गरेका छौ । यो योजना उनीहरूको आर्थिक सुरक्षाका साथै सेवामा थप प्रेरणा दिने उद्देश्यले अघि सारिएको उहाँको भनाई छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो मेहनतको सम्मानप्रति खुशी व्यक्त गर्दै नगर पालिकाको यो निर्णयले समाजमा आफूहरूको भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा देशभरीका १ सय १ जना विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै सरकारले सम्मान गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments