• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
गुलरियामा शनिवारदेखि बर्दिया कप क्रिकेट प्रतियोगिता हुँदै

मुरली गोडिया, ६ मंसिर, गुलरिया (बर्दिया) । बर्दियाको गुलरियामा टि–२० क्रिकेट प्रतियोगिता (बर्दिया कप २०८१) संचालन हुने भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको अयोजनामा आउँदो मंसिर ८ गते शनिबारबाट गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित कबर्ड हल मैदानमा प्रतियोगिता हुने भएको हो । नगर, क्लब तथा कलेजलाई लक्षित गरि क्रिकेट प्रतियोगीता गराउन लागिएको जिल्ला क्रिकेट संघका सचिव संजिव सोमैले विहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराउनु भएको छ । 

प्रतियोगीतामा प्रथम पुरस्कार ५० हजार ५ सय, द्वितियलाई २५ हजार, म्यान आफ दि म्याचलाई १ हजार र ट्रफी, बेस्ट ब्याट्स म्यान, बलर, इमरजेङ्गलाई २ हजार ५ सय र प्लेअर अफ दि सिरिज हुनेलाई ५ हजार पुरस्कार रकम रहेको छ । बर्दिया जिल्लाका विभिन्न पालिकाका गरि ५ वटा टिम दर्ता भएका छन । जसमा जनजागृति युवा क्लब मधुवन, बर्दिया क्रिकेट एकेडेमी (ए) र बर्दिया क्रिकेट एकेडेमी (बी) गुलरिया, राजापुर नगरपालिका क्लब राजापुर र कृष्णसार युथ स्पोर्ट क्लब गुलरिया रहेको जिल्ला क्रिकेट संघ बर्दियाले जनाएको छ ।  

पहिलो खेल मंसीर ८ गते मध्यन्न १२ बजे देखी शुरु भई मंसीर १४ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । खेल आई.सि.सि नियम अनुसार खेलाइने, खेल ड्युिस (लेदर) बलद्वारा टि–२० फर्मेटमा खेलाईने, खेलाडीहरूले अनिवार्य रूपमा कलर जर्सी लगाउनु पर्ने, खेलाडी संख्या जम्मा १४ र १ जना व्यवस्थापक र टिम कोच गरि १६ जना गरि १६ जना हुनुपर्ने नियम रहेको संघका सदस्य सिदार्थ श्रेष्ठले बताउनु भयो । 

उक्त खेलमा बर्दियाका १० खेलाडी र अन्य जिल्लाका ४ खेलाडी परिचय खुल्ने गरि राख्न सकिने बताइएको छ । खेल लिग सिस्टमबाट खेलाईने बताउँदै श्रेष्ठले खेलमा सामान्य चोटपटक लागेमा आयोजकले नै हेर्नेछ भने सहभागीहरूले बिपी टिम बिरुद्ध कुनै दावी गर्नु परेमा खेल सकिएको ३० मिनेट भित्र स–प्रमाण, बिरोध पत्र नगद रु ३ हजार ५ सय सहित सचिवालयमा सम्पर्क गर्नुपर्ने पत्रकार सम्मेलनमा बताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments