समाजमा अनुशासन र एकता बनाउन खेलकुद अपरिहार्य : सांसद थारु
विन्दु चौधरी, १ मंसिर, बाँसगढी (बर्दिया) । खेलकुदको माध्यमबाट समाजमा अनुशासन र एकता कायम गर्न सकिने लुम्विनी प्रदेशका सांसद भुवनेश्वर थारुले बताउनु भएको छ । जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालको बाँसगढी नगरपालिका वडा नम्बर ३ पुष्पनगरमा आयोजित जिल्ला भेला तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख अतिथी थारुले शारिरिक तन्दुस्तीसँगै अनुशासित समाज तथा सामाजिक एकताका लागि खेलकुद अपरिहार्य भएको बताउनु भएको छ ।
कराते जस्तो मार्सल आर्ट खेलले युवाहरूलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउने मात्र नभई उनीहरूलाई जीवनमा अनुशासन र नेतृत्व क्षमता विकास गर्न मद्दत पुग्नेमा उहाँको जोड छ । संघका केन्द्रीय महासचिव तथा ग्रेण्ड मास्टर अभिषेक सिंह ठकुरीले कराँते खेलको महत्वबारे प्रकाश पार्दै खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न संघले विभिन्न प्रकारका तालिम र प्रतियोगिताको आयोजनामा निरन्तरता दिने बताउनु भएको छ । युवाहरूमा खेलप्रति बढ्दो आकर्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महासचिव ठकुरीको भनाई छ ।
कार्यक्रममा जिल्ला संघ बर्दियाका अध्यक्ष डिल बहादुर डाँगीले उपस्थित सबै खेलाडी, प्रशिक्षक तथा अतिथिहरूलाई धन्यवाद ज्ञापनगर्दै आगामी दिनमा कराँते खेललाई जिल्लास्तरमा व्यापक बनाउँदै लैजाने योजना रहेको बताउनु भयो । कार्यक्रममा खेल प्रशिक्षकहरू, कराँते खेलाडीहरू, संघका पदाधिकारीहरू तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागीता थियो । जिल्ला संघका अध्यक्ष डाँगीको अध्यक्षता, प्रदेस सांसद थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सचालन सुरज सिंह ठकुरीले गर्नुभएको थियो भने स्वागत मन्तब्य पप्पु अलिले गर्नुभएको थियो ।
२० °C काठमाडौं
Facebook Comments