• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
बाँसगढीको ककौरामा आयोजित तेस्रो वडा स्तरिय टी–२० क्रिकेटको उपाधी वडा नम्बर ८ ले चुम्यो

विन्दु चौधरी, १४ कार्तिक, बाँसगढी (बर्दिया) । तेस्रो वडा स्तरीय टी २० क्रिकेट प्रतियोगिताको उपाधि वडा न ८ ले जितेको छ । ककौरा स्पोट्स क्लबको आयोजनामा बाँसगढी नगरपालिकाको नगरस्तरिय खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा वड न ५ लाई ३ रनले पराजित गर्दै वडा न ८ ले उपाधि जित्न सफल भएको हो । 

उपाधि सँगै विजेता टिमले नगद २० हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्न सफल भएको हो । फाइनलमा हार ब्यहोरेको वडा नम्बर ५ उपविजेतामा सीमित रहँदै नगद १२ हजार, ट्रफी मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । २० ओभरको खेलमा ९९ रनको टार्गेट वडा नम्बर ५ ले दिएको थियो ।  कार्तिक ६ गते देखि सञ्चालित प्रतियोगितामा बाँसगढी नगरका ८ वटा टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने कुशल शाक्य म्यान अफ द म्याच घोषित भए । 

प्रत्येक एक एक खेलबाट नायायण खड्का, मनोज भण्डारी, हेमन्त केसी, दिपेश भुषाल, अस्विन पौडेल झिल्को, आर्दश थापा, सन्तोष खत्री, सौरभ ढकाल दुई पटक र प्रेम वली ३ पटक म्यान अफ द म्याच घोषित भएका थिए । प्लेयर अफ द सिरिज घोषित भएका बेष्ट बलर दिपेश भुषाल, बेष्ट प्लेयर आशिष विसी र प्रेम वलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको समापन तथा पुरस्कार बितरण क्लबका अध्यक्ष करसिंङ बुढाको अध्यक्षता तथा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरीको प्रमुख आतिथ्यतामा गरिएको थियो । 

बाँसगढी नगरका संस्थापक मेयर शालिकराम अधिकारी, वार्ड नं. ८ का वडाअध्यक्ष तुलप्रसाद गौतम, वाड नं ७ का वडाअध्यक्ष बलिराम चौधरी र वाड नं ५ का वडाअध्यक्ष दहवा थारु, लगायत युवा तथा खेलप्रेमी, खेलाडीहरुको सहभागिता थियो । बाँसगढी नगरस्तरिय खेलकुल विकास समितीका अध्यक्ष नैन बहादुर खत्रीले स्वागत गर्नुभएको कार्यक्रम क्लवका सचिव देवराज अधिकारीले संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments