• ७ वैशाख २०८३, सोमवार
  • २७ °C काठमाडौं
खाद्य कम्पनी राजापुरले १ लाख क्विन्टल धान किन्ने

केशव कोईराला, ७ कार्तिक, राजापुर (बर्दिया) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले १ लाख क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीले यस वर्ष बिभिन्न पालिकाबाट सो परिमाणमा धान खरिद गर्न लागेको हो ।  

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट आज देखी धान खरिद शुरु गरेको छ । कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिदगर्दै आएको कम्पनीका मुख्य शाखा प्रमुख केशव राज बुढाले बताउनुभयो । सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि मोटा धानको प्रतिक्विन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ५८० रुपियाँ ६२ पैसा मूल्य निर्धारण गरेको छ ।

गत वर्ष मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ र मोटा धानको तीन हजार १९८ रुपियाँ निर्धारण गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा धानको समर्थन मूल्य बढेको छ । व्यापारीले सस्तो मूल्यमा किसानबाट धान खरिद गर्दा मारमा पर्ने भएकाले किसानलाई राहत दिनका लागि सरकारले समर्थन मूल्य निर्धारण गर्ने गर्छ । गत वर्ष समयमा खरिद प्रक्रिया अगाडि नबढ्दा धान नपाउँदा लक्ष्य अनुसार धान खरिद गर्न सकेको थिएन ।

सम्बन्धित समाचार

Facebook Comments