• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
बाँसगढीको ककौरामा तेस्रो वडा स्तरीय टी–२० क्रिकेट प्रतिस्पर्धा शुरु

विन्दु चौधरी, ६ कार्तिक, बाँसगढी (बर्दिया) । ककौरा स्पोर्ट्स क्लबको आयोजनामा तेस्रो वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता बाँसगढी नगरस्तरिय खेलमैदानमा मंगलवारदेखि शुरु भएको छ । नगरभित्रका खेलाडीहरुलाई क्रिकेटको विकासमा टेवा पुर्याउँदै खेल प्रर्बद्धन गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगिताको उद्घाटन खेलमा  ५ नम्बर वडा ४ रनले विजयी भएको छ । वार्ड नं ५ र ८ विच भएको खेलमा ८ वडालाई ४ रनले पराजित गर्दै वाड नं ५ ले विजयी सुरुवात गरेको छ । पहिलो चरणकोे दोस्रो खेल वाड नं २ र ३ का विच भएको थियो । उक्त खेलमा वाड नं २ लाई २५ रनले पराजित गर्दै वाड नं ३ ले जित हात पारेको आयोजक ककौरा स्पोर्ट्स क्लबका सचिव देवराज अधिकारीले जानकारी दिनुभयो । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमलाई २० हजार र उपविजेतालाई १२ हजार रुपैयाँ पुरस्कार, मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ । 

आयोजक ककौरा स्पोर्ट्स क्लबका अध्यक्ष करसिंङ बुढाले नगरपालिका भित्र रहेका खेलाडीहरुको क्रिकेटको विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बतानउनु भयो । तेस्रो वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बाँसगढी नगरपालिकाका नगर उपप्रमुख इन्दिरा चौधरी, वाड नं ४ का वडाअध्यक्ष कृष्ण प्रसाद बास्तोला, वाड नं ६ का वडाअध्यक्ष लाल बहादुर क्षेत्री, वाड नं ८ का वडाअध्यक्ष तुलप्रसाद गौतम, नगरस्तरिय खेलकुद विकास समितीका संयोजक नैन बहादुर खत्री, खेल ओनर, खेलप्रेमीको समेत कार्यक्रममा सहभागिता थियो । 

उक्त खेल प्रतियोगिताको उद्घाटन कार्यक्रममा क्लबका सदस्य सागर अधिकारीले स्वागत गर्नुभएको थियो भने संचालन क्लबका सचिव देवराज अधिकारीले गर्नुभएको थियो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा बाँसगढी नगरपालिका वार्ड नं ८ वडा कार्यालयले सहयोग गरेको छ । बाँसगढी नगरपालिका वाड नं २ देखि ९ वडाका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता कात्तिक १६ गतेसम्म संचालन हुने जनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments