सहकारीले महिलालाई आर्थिक रुपमा सबल बनाएको छ : प्रदेस सांसद थारु
विन्दु चौधरी, २१ असोज, बाँसगढी (बर्दिया) । ६ करोड बढिको कारोबारगर्दै लक्ष्यदिप सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ । बाँसगढी नगरपालिका वाड न ४ मगरपुर कबर्डहलमा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश संसाद भुवनेश्वर थारुले सहकारीका सात सिद्धान्तको दिप प्रज्वलन र ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
संस्थामा ६ सय ३६ जना महिलाले मात्रै संचालन गरेको संस्थाको साधारण सभामा संस्थाले गरेका विगतका उपलब्धिहरूको समीक्षागर्दै आगामी योजनाका बारेमा समेत प्रस्तुत गरिएको थियो । सहकारीले ६ करोड ४६ लाख ७३ हजार ७२४ रुपैयाँको कुल कारोबार गर्दै महिला सशक्तीकरण, आयआर्जन र ब्यवासाय लगानीमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेकोे संस्थाका अध्यक्ष सरला कुमारीले बताउनु भयो । कार्यक्रममा संस्थाका सचिव विपना शाहीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने कोषाध्यक्ष सुशिला थारुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको प्रतिवेदनमा शेयर पुजीँ ४७ लाख ८ हजार ३ सय रुपैया पुगेको छ, भने २ करोड ७ लाख ४९ हजार ८ सय ८३ रुपैया निक्षेप संकलन भएको छ । आर्थिक वर्ष २०८०।८१ मा संस्थाले एक करोड ८४ लाख ८० हजार ८ सय रुपया ऋण लगानी गरेको संस्थाका लेखा सुपरिवेक्षणका संयोजक सुनिता केसीले लेखा सुवरिवेक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा सहभागीहरूलाई सम्बोधनगर्दै प्रमुख अतिथि प्रदेश संसाद भुवनेश्वर थारुले सहकारी संस्थाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन सहयोग पु¥याएको बताउनुभयो । उहाँले प्रदेश सरकारले सहकारी संस्थाबाट किसानहरुको आर्यआर्जन फराकिलो बनाउन विभिन्न योजना अघि सारिएको बताउनुभयो ।
कार्यक्रमा बाँसगढी नगरप्रमुख खड्क बहादुर खड्काले बाँसगढी नगरपालिका सहकारी निति बनाएर सहकारीमार्फत किसानहरुको जीवन माथि उकास्न विभिन्न अनुदानका कार्यक्रम ल्याउने गरेको बताउनुभयो । उहाँले गरिव विपन्न, महिलाहरुको लागि ५० प्रतिशत अनुदानमा पाडी, बाख्रा, विउविजन लगाएतका कार्यक्रमका लागि सुचना आह्वान गरिसकेकोले यस्ता खालका कार्यक्रममा सहभागिहुन आग्रह समेत गर्नुभएको छ । साधारण सभामा विभिन्न विधामा उत्कृष्ट हुने सहकारीका ३३ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ५ जना उत्कृष्ट किसान बाख्रा पुस्कार तथा उपहार प्रदान गरिएको थियो ।
त्यसैगरी १० जना जेष्ठ नागरिक, १० जना उत्कृष्ट ऋणी सदस्य, उत्कृष्ट बचतकर्ता लगाएतलाई सम्मान गरिएको थियो । संहकारी संस्थाका अध्यक्ष सरला कुमारीको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश संसाद भुवनेश्वर थारु, नगर प्रमुख खड्का, वाड नं ५ का वडासदस्य प्रकाश बराल, सामाजिक उद्यमी महिला संजाल (सेवा नेपाल) का केन्द्रिय सदस्य इन्द्रा भुषाल, लगाएत शेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी पाण्डेले स्वागत गर्नुभएको थियो । भने संस्थाका ब्यवस्थापक बालकुमारी थारुले कार्यक्रम संचालन गर्नुभएको थियो ।
३० °C काठमाडौं
Facebook Comments