राजापुर नगरबाट आरोग्य केन्द्रलाई औषधी हस्तान्तरण
राजापुर (बर्दिया), मंसिर १५ । जिल्ला आयुर्वेद औषधालय बर्दिया मातहतमा संचालित नागरिक आरोग्य केन्द्र राजापुरमा सात महिनादेखि अभाव रहेको आयुर्वेदिक औषधी आपुर्ति गरिएको छ । औषधी खरिदमा अन्यौलता भएपछि लामो समयदेखि औषधी आपूर्ति हुन सकेको थिएन ।
भदौको पहिलो साता औषधि खरिद प्रक्रियाको लागी फायल तयार भएपनी राजापुर नगरपालिकामा फायल आएको थिएन । नगर स्वास्थ्य शाखालाई आरोग्य केन्द्र हेर्ने अधिकार नभएपनि राजापुर नगरपालिकाले चालु बर्षमा औषधि खरिदका लागी विनियोजन गरेको ५ लाख रुपैयाबाट औषधी खरिद गरिएको राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनु भएको छ ।
आरोग्य केन्द्रमा आइपुगेको औषधी राजापुर नगरपालीका वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेल, पत्रकार लगायत कर्मचारीहरुको रोहवरमा आरोग्य केन्द्रका प्रमुख हेमा चौधरीलाई हस्तान्तरण गरिएको बताईएको छ । केन्द्रमा २३ प्रकारका औषधि उपलब्ध भएपछि १५ प्रकारका औषधि बैशाक यता क्रमशः सकिदै गएको थियो ।
Facebook Comments