स्वच्छता अभियानलाई निरन्तरता दिन शिक्षा कचहरी
विष्णु अधिकारी, ४ असोज, बर्दिया । बारबर्दिया नगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता सुविधाको दिगो व्यवस्थापन गरी गुणस्तरिय शिक्षामा प्रर्वद्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा शिक्षा दिवसको अवसर पारेर शिक्षा कचहरी कार्यक्रम सम्पन्न भएको छ । कचहरी कार्यक्रममा बालबालिकाका स्वास्थ्य तथा सरसफाईलाई कसरी व्यवस्थित गराउने भन्ने विषयमा सरोकावाला पक्ष बालबालिका, अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकहरुले स्थानीय सरकार प्रमुखहरुलाई समस्याको समाधानका लागि प्रश्न तथा जिज्ञासाहरु राखेका थिए ।
उनीहरुले खानेपानी, हातधुने पानीको अवस्था, हातधुने तरिका, फोहोर व्यवस्थापन, बालबालिकाको व्यक्तिगत सरसफाई, किशोरीहरु रजस्वला भएको समयमा प्रयोग गरिएका प्याडको व्यवस्थापनका सवालहरुमा आवाज उठाएका थिए । सरोकारवाला पक्षहरुले गुणस्तरिय शिक्षा, किशोरीहरु तथा अपांगता भएका विद्यार्थीहरुको विद्यालयमा निरन्तरताको वर्तमान अवस्थाको जानकारी सहित गुणस्तरिय शिक्षा आर्जनका लागि यसले पारेको प्रभावका विषय आवाज उठाएका थिए ।
विद्यालयमा अध्ययनरत किशोरीहरुले नगरपालिकाले खरिद गरेको प्याडको गुणस्तर नभएकाले प्याड लगाएको केही समयमा नै प्याडमा लिकेज हुने भएकाले पढाईमा ध्यान केन्द्रित गर्न गाहे भएको बारबर्दिया नगरपालिकाका प्रमुख छवीलाल थारु संग गुनासो राखेका थिए । बालबालिकाहरुले विद्यालयमा एउटा धारा विग्रदा पनि बनाउनका लागि दिगो मर्मत सम्भार कोषको व्यवस्था नहुँदा पानीको समस्याका साथै फोहोर व्यवस्थापनको टड्कारो समस्या औलाएका थिए । बारबर्दिया नगरपालिकाका नगर प्रमुख छवीलाल थारुले बाटो, पाटी पौवामा गरेको लगानी देखिन्छ, तर बालबालिका तथा विद्यालयमा गरेको लगानीको प्रतिफल आउन समय लाग्ने बताउनु भयो ।
अन्य विकास भन्दा पनि दिगो र भरपर्दो हुन्छ भन्ने कुरामा जोड दिनुभएको थियो । किशोरीहरुले महिनावारी हुँदा लगाउने प्याड चुहिने समस्या देखिएकाले समस्या समाधान गर्ने र फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि चाडै समस्या समाधान गर्ने नगर प्रमुख थारुले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले पहिलो प्राथमिकता बालबालिकाको शिक्षा नै भएकाले शिक्षाको लगानीमा थप जोड दिनका लागि स्थानीय सरकारलाई नगरसभामा आ–आफ्ना वडाका प्रतिनिधि मार्फत मागहरु सम्बोधनका लागि पहल गर्न सुझाव दिनु भएको थियो ।
बारबर्दिया नगरपालिका उप प्रमुख रत्न कुमारी पाण्डेले बालबालिकाको गुणस्तरिय शिक्षाका लागि स्वास्थ्यको महत्वपुर्ण भुमिका हुन्छ । स्वस्थ नागरिक निर्माणका लागिका लागि स्वच्छ पानी, व्यक्तिगत सरसफाई, शौचालय प्रयोग, महिनावारी हुँदा किशोरीले प्रयोग गर्ने गरेको प्याडको व्यवस्थापन लगाएतका अन्य विषयले शिक्षामा ठुलो भुमिका खेल्ने भएकाले यसलाई दिगो र प्रभावकारी बनाउनका लागि नगरपालिकाले योजना बनाएको बताउनु भएको छ । हेर्दा हामीलाई सानो कुरा लागेता पनि बालबालिकाको जिवनमा स्वछताले सकारात्मक कुरा दिने भएकोले यसतर्फ सबैले बालबालिकालाई घरबाट नै अभिभावकले व्यक्तिगत सरसफाईहरु सिकाउने र विद्यालयले पनि त्यसलाई अनुशरण गरेर अघि बढ्न आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
सामुदायिक विद्यालयमा जोखिम नहुने तथा पहुँच युक्त संरचना निर्माणका लागि दिगो हुनेगरि तिनतारा विद्यालय घोषणाका लागि दिगो मर्मत सम्भार कोष कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय सरकारलाई जवाफदेहिताका लागि वाटर एड नेपालको सहयोगमा एनएफसिसि र एनएफडिएनको सहकार्यमा वेस बर्दियाले बारबर्दिया वडा नं. ७ जनता मा.वि. बर्दियामा शिक्षा कचहरी कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको विषयबस्तु तथा उद्देश्य सहित वाटरएडका कार्यक्रम प्रबन्धक उमा शंकर यादवले विद्यालय स्वच्छताका विषयमा प्रकाश पार्नुभएको थियो र विषयबस्तुमा आधारित रहेर शिक्षा कचहरी कार्यक्रम चलेको थियो ।
२० °C काठमाडौं
Facebook Comments