• १० वैशाख २०८३, बिहिवार
  • २० °C काठमाडौं
ईस्लाम धर्मका प्रर्बतक 'मोहम्मद पैगम्बर' को जन्मोत्सवको पूर्व सन्ध्यामा रक्तदान 

विष्णु अधिकारी, २९ भदौ, बर्दिया । ईस्लाम धर्मावलम्बी दुत हजरत मोहम्मद सल्लल्लाही अलैहे वसल्ल्मको जन्मदिनको अवसरमा पारेर नेपाल मुस्लिम युवा संगठन बर्दियाले खुल्ला रक्तदान कार्यक्रमम आयोजना गरेको छ । भाद्र ३१ गते मोहम्मद जन्मेको १४ सय ९९ बर्ष पुग्ने खुशीयालीको पूर्वसन्ध्यामा ४३ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले अन्य विभिन्न कामहरु मध्ये रक्तदान उत्कृष्ट कार्य भएको चर्चागर्दै रक्तदानले मानव जीवन बचाउने कार्य गर्ने भएकाले रक्तदान गर्ने सबै महानुभावहरुलाई धन्यवाद दिनु भएको थियो । मोहम्मद डे को अवसरमा हुने सम्पुर्ण कार्यक्रमको सफलताको शुभकामना दिनुका साथै यस्तो किसिमको धार्मिक साँस्कृतिक पर्वहरुले नेपालीहरुमा एकता, मित्रता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । धार्मिक सँस्कृतिले मौलिकताको संरक्षक र सम्र्बद्धन गर्ने विस्वास ब्यक्त गर्नुभयो । 

सबैले एकता कायम गरि खुशी आदान प्रदानगर्दै धार्मिक सामाजिक कार्यहरुलाई जती मौलिक र अनुशासित बनाउदै गईन्छ त्यती नै समाजको मर्यादा अक्षुण्ण हुन्छ । प्रजिअ शर्माले भन्नुभयो, हामी सबैले यस तर्फ ध्यान दिनुपर्छ । ईस्लाम धर्मका प्रर्बतक मोहम्मद जन्मेको अवसरमा मुस्लिम समुदायका व्यक्तिहरुले उहाँको महिमाको चर्चा गरिएको घरघरमा झण्डा टाँगी,  दिपावली गरी हर्षोउल्लासको साथ जन्मदिन मनाउने प्रचलन रहेको छ । 

ईस्लाम धर्ममा हजरत मोहम्मद सत्यताको मार्ग दर्शक भएकाले उहाँको उपदेशमा तिम्रा कारणले कसैको ज्यान बच्छ भने असल कर्म गरेको ठहरिन्छ भन्ने भनाइलाई साकार पार्न क्तदान कार्यक्रम आयोजना गरिएको नेपाल मुस्लिम युवा संगठनले जनाएको छ । मुस्लिम समुदायलाई असल र सभ्य बनाउन शिक्षा प्रदान गर्ने तथा त्याग र बलिदानका पर्यायवाची भएकाले हजरत मोहम्मदको मार्गलाई निरन्तरता दिनका लागि मोहम्मद डे मनाउने परम्परा रहि आएको छ । 

 

सम्बन्धित समाचार

Facebook Comments