उद्योग बाणिज्य संघ गुलरियाको साधारण सभा तथा अधिवेशनको उद्घाटन
मुरली गोडिया, २९ भदौ, गुलरिया (बर्दिया) । उद्योग बाणिज्य संघ बर्दिया गुलरियाको २३ औं साधारण सभा तथा १० औं अधिवेशन शुरु भएको छ । संघिय सांसद तथा पुर्व सिचाई मन्त्रि संजय कुमार गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन शत्र सम्पन्न भएको छ ।
गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डे (मंगल) ले ३ वर्षमा संघले गरेको विभिन्न कार्यहरुको प्रगति प्रतिवेदन पेश गर्नु भएको छ । संघले विगतमा उद्योगी व्यवसायिको हकहित एवं संरक्षणका लागी विभिन्न निकायसँग समन्वयगर्दै कार्य गरेको बताउनु भयो । उद्योगी व्यवसायिको क्षमता अभिबृद्धि तथा कर सम्बन्धि अस्पष्टता हटाउन विभिन्न अन्तरक्रिया, गोष्ठिहरु गरिएको उहाँको भनाई छ । अध्यक्ष पाण्डेले कोरोनाकालमा उद्योगी व्यवसायिहरु आफै समस्यामा परेर पनि रकम संकलन, अक्सिजन बैंकका लागी सहयोग गर्ने, जाजरकोटका भुकम्प पिडितका लागी रकम संकलन गर्ने जस्ता विभिन्न समाजिक कार्यहरु गरेको जानकारी गराउनु भयो ।
उद्योग बाणिज्य संघ गुलरियाका वरिष्ठा उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले स्वागत मन्तब्यगर्दै सरकारको मातहतबाट अनुमति लिई कर तिरी गल्ला खरिद विक्री गर्ने प्रमाणपत्र प्राप्त गरेका विशेष गरि गुनपा ९ र १० को व्यापारीले खरिद गरि बजार तर्फ ल्याउदा कुन वडाको कुन कृषक बाट खरिद गरेको भनि प्रमाणहरु जुटाउनु पर्ने दुःखदायी अवस्था रहेको बताउनु भयो । (ओभी ओपी) वान भिलेज वान प्रोडक्ट अवधारणा अनुसार गुनपा ४ लाई केरा जोन, ५ नम्बर वडालाई बाख्रापालन जोन र वडा नम्बर ९ अनि १० वडालाई परवर तथा मेन्था जोन निर्माण गरि बिउविजन, मलखाद, कीटनाशक औषधि समयमा आपूर्ति गर्न सके उत्पादनमा वृद्धि भई कृषकलाई आम्दानीसँगै उत्पादन समेत वृद्धि हुने विश्वास दिलाउनु भयो ।
कार्यक्रममाबोल्दै प्रमुख अतिथी तथा सांसद संजय कुमार गौतमले आजको दिनमा उद्योग व्यवसाय मारमा परेकोभन्दै सवै मिलेर जानुपर्ने सुझाव दिनु भयो । उद्योगी तथा सर्वसाधारणका लागी कुनैपनि राजनितिक आग्रह वा पुर्वआग्रह राखेर कार्य नगर्न सल्लाह दिनु भयो । मिलेर नै सवैको समस्या समाधान गर्न सकिने उहाँको तर्क थियो । बढी राजनितीले आम नागरिकलाई सेवा गर्न नसकिने गौतमले बताउनु भयो । कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले स्थानिय बजार सुधार गर्न स्थानिय व्यापारी नै लाग्नु पर्ने बताउनु भयो ।
व्यापारीका परिवारले नै भारतिय बजारमै गई समान गरिद गरेर स्थानिय बजारको प्रवद्र्धनको कुरा गर्नु न्यायोति नभएको उहाँको ठम्याई थियो । कोहि पनि व्यापारी भारतिय बजारमा गई समान नकिन्ने निर्णय गरि अघि बढुनु पर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष देवेन्द्र पाण्डे मंगलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्धादेवि शर्मा, उद्योग बाणिज्य महासंघ केन्द्र तथा लुम्बिनी प्रदेशका प्रतिनिधी, नेपालगंज उद्योग बाणिज्य संघका प्रतिनिधी, बर्दिया जिल्लाका विभिन्न पालिकाका उद्योग बाणिज्य संघका प्रमुख एवं प्रतिनिधी, बार एसोसियसन एवम् पत्रकार महासंघका अध्यक्ष, विभिन्न वडाका वडा अध्यक्ष, संघसंस्थाका प्रतिनिधि, उद्योगी व्यापारी, संचारकर्मी लगायतको उपस्थितीमा कार्यक्रम गरिएको हो ।
३० °C काठमाडौं
Facebook Comments