• १० वैशाख २०८३, बिहिवार
  • २० °C काठमाडौं
गेरुवामा करेण्ट लागेर एकजनाको मृत्यु

केशव कोईराला, २६ भदौ, बर्दिया । बर्दियामा नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाँउपालिका –१ बगहिपुर बस्ने ४५ बर्षिय गणेश कुमार बैद्यको मंगलबार बेलुकी करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफ्नै घरको मोटर जडान गरी नुहाउने क्रममा मंगलबार बेलुकी करेन्ट लागेको  गेरूवा –१ का निवर्तमान वडा अध्यक्ष दयाराम वैद्यले जानकारी दिनुभयो । करेन्ट लागेर अचेत भएका वैद्यलाई तत्कालै प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारको लागि ल्याइएपनी डाक्टरले मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments