सिटिजन्स बैंकद्वारा विद्यालयलाई प्रिन्टर हस्तान्तरण
चुरेकुञ्ज, २६ भदौ, गुलरिया (बर्दिया) । सिटिजन्स वैंक इन्टरनेशनल लिमिटेडले बर्दियाका विद्यालयहरुलाई प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गुलरिया शाखा बर्दियाको सिफारिशमा ३ वटा सामुदायिक विद्यालयहरुलाई मंगलवार प्रिन्टर उपलब्ध गराएको छ ।
सिटिजन्स वैंक इन्टरनेशनल लिमिटेडका सिईयो गणेशराज पोखरेलले मंगलवार गुलरिया शाखाले आयोजना गरेको एक औपचारिक कार्यक्रममा विद्यालयहरुलाई प्रिन्टर हस्तान्तरण गरेको वैकका गुलरिया शाखा प्रवन्धक तेजिता आचार्यले जानकारी दिनुभएको छ । गुलरिया नगरपालिका अन्र्तगत वडा नम्बर ५ मा अवस्थित श्रीवालमन्दिर आधारभुत विद्यालय, वडा नम्बर ८ स्थित श्रीमहाकवि देवकोटा माध्यमिक विद्यालय र वडा नम्बर ९ मा रहेको शान्ति आधारभुत विद्यालयलाई १÷१ वटा क्यानोन जी ३०१० ब्राण्ड ३ वटा प्रिन्टर हस्तान्तरण गरिएको उहाँले बताउनु भयो ।
नेपालका ६० वटा जिल्लामा शाखा विस्तार गरेको वैंकले देशभर १ सय ९७ वटा शाखा मार्फत आर्थिक कारोवारगर्दै आईरहेको छ । लुम्विनी प्रदेशका ९ वटा जिल्लामा शाखाहरु विस्तार गरेको सिटिजन्स वैंक इन्टरनेशनल लिमिटेडको बर्दियामा ३ वटा शाखा मार्फत आर्थिक कारोवार हुँदै आएको छ । वैंकले बर्दियामा बार्षिक १ सय ७५ करोडको कारोवार गरेको वैंकका सिईयो पोखरेलले बताउनु भयो । पछिल्लो समय कारोवार घट्न थालेको प्रति चिन्ता ब्यक्तगर्दै ग्राहकको सेवामा कुनै कुरामा कमी हुन नदिने उहाँको प्रतिवद्धता छ ।
नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्चिनु पर्ने प्रावधान अनुसार वैंकले विद्यालय, संघसंस्था, अस्पताल, खेलकुद, क्लव आदीमा बर्षेनी सहयोगगर्दै आईरहेकोले आगामी दिनमा थप सहयोगहरु उपलब्ध गर्ने सिईयो पोखरेलले प्रतिवद्धता ब्यक्त गर्नुभयो । प्रिन्टर ग्रहणगर्दै महाकवि देवकोटा माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शाहवुद्धिन शेषले वैंकले गरेको सहयोगले विद्यालयलाई टेवा पुगेको बताउनु भयो । विगतका बर्षहरुमा पनि विद्यालयलाई वैंकबाट सहयोग पाउँदै आएकोले आगामी दिनमा विद्यालयमा अक्षयकोष स्थापना गरिदिन अध्यक्ष शेषले सिईयो पोखरेलसँग अनुरोध गर्नु भएको छ ।
३० °C काठमाडौं
Facebook Comments