• १० वैशाख २०८३, बिहिवार
  • २१ °C काठमाडौं
बारबर्दियामा राधकृष्ण मन्दिर निर्माण सम्पन्न गर्न सप्ताह ज्ञान महायज्ञ 

टिकाराम चौधरी, २६, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर १ जमुनिया स्थित छोट्कीपुर चोकमा राधाकृष्ण मूर्ति प्राणप्रतिष्ठा एवम् धार्मिक सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । राधाकृष्ण मन्दिरमा मूर्ति प्राणप्रतिष्ठा एवम् निर्माणाधीन अवस्थामा रहेको मन्दिरलाई पुर्णता दिनका लागि मंगलबार देखि महायज्ञ शुरु भएको हो । 

माहायज्ञमा श्रीमद् भागवत कथाा, १००८ सहस्र शालीकग्राम परिक्रमा, योग विज्ञान शिविर, तथा बाल संस्कार कार्यक्रम रहेको छ । महायज्ञको उद्घाटन कलश यात्रा सहित समारोहका साथ वडा नम्बर १ का वडा अध्यक्ष कैशालपति थारुले गर्नु भएको छ । उद्घाटन शत्रमाबोल्ने बक्ताहरुले आफ्नो सोईच्छा अनुसार अमुल्यदान गरी पुण्यप्राप्त गर्नका सम्पुर्ण सहभागि तथा भक्तजनहरुलाई अनुरोध गर्नु भएको छ । निर्माणधीन रहेको राधाकृष्ण मन्दिरलाई पुर्णता दिनका लागि यस क्षेत्रका जनताहरुले सहयोग तथा दान गर्नका लागि आग्रह गर्नु भएको छ । महायज्ञमा भक्तजन तथा दाताहरुलाई तुलादान, भूमिदान, अन्नदान, गौदान र पितृ दान गर्ने कार्यक्रम तथा सेवाहरु उपलब्ध गराईएको बताईएको छ । 

यसैगरी ब्राम्हण भोजन १ दिनको लागि ३ हजार ५ सय रुपैया, प्रसाद वितरण १ दिनको लागि २ हजार, आरती सेवा १ दिनको लागि १ हजार ५ सय ५ रुपैया, विशेष पूजाः १ दिनको लागि २ हजार ५ सय ५ रुपैया,  ब्राम्हण बरण १ दिनको लागि २ हजार ५ सय ५ रुपैया र ब्रतबन्ध–उपनयन संस्कारमा सहभागि हुन चाहेमा  ३ हजार १ सय रुपैया सहयोग गर्न पाईने सेवा तथा कार्यक्रम रहेको छ । यसैगरी दैनिक कार्यक्रम अन्तरगत विहान ५ बजे देखि ७ बजेसम्म योग विज्ञान शिविर, स्थानीय जडीबुटीले पहिचान, बिहान ८ बजे देखि काशी, हरिद्वार र बृन्दावनका विद्वत पंडीतहरुद्धारा श्रीमद् भागवत मूलपाठ पारायण कर्मकाण्ड कार्यक्रम हुने आयोजकले जनाएको छ । 

साथै १००८ शालिकग्राम पुजन तथा परिक्रमा, विहान ११ बजे देखि दिउँसो ४ बजे सम्म श्रीमद्भागवत कथा प्रवचन तथा राष्ट्रिय कलाकारद्धारा विभिन्न भाषाभाषिका भजनकृतन तथा दिब्य झाँकीहरु, दान विरहरुलाई सम्मान कार्यक्रम, साँझ ६ बजेदेखि ७ बजे सम्म बालसंस्कार कार्यक्रम र साँझ साढे ७ बजे देखि राती साढे १० बजे सम्म बृहत भागवत चर्चा, संगीतमय भजनकृतन, दिब्य झाँकीहरु प्रस्तुत गरिने कार्यक्रमहरु रहेको मुल आयोजक समितिका संयोजक बिस बहादुर थारुले बताउनु भएको छ । 

राधाकृष्ण मूर्ति प्राणप्रतिष्ठा धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ बारबर्दिया नगरपालिका १ जमुनिया छोट्किपुरले आयोजना गरेको छ । उक्त महायज्ञमा प्रमुख कथा वाचकः युगल चरणोपासक अन्तराष्ट्रिय प्रखर कथा वाचक मधुरभाषी पुज्य श्री किशोर शरण सुवेदी जी महाराज रहनु भएको छ । उक्त महायज्ञको कार्यक्रम सञ्चालन भदौ २५ देखि ३१ गते सम्म संचालन हुने प्रचारप्रसार समितिका संयोजक अशोककुमार थारुले जानकारी गराउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments