बर्दियामा आत्महत्या गर्नेको संख्या बढ्दै, रोकथाम गरौं
चुरेकुञ्ज, २६ भदौ, बर्दिया । “विश्व आत्महत्या रोकथाम बारे संवाद शुरु गरौ, दृष्टिकोण बदलौँ” भन्ने नाराका साथ विश्व आत्महत्या दिवस २०२४ को सन्र्दभमा मंगलवार बारबर्दियामा अन्तरक्रिया कार्यक्रम गरेर मनाईएको छ । बारबर्दिया नगरपालिकाको आयोजनामा बारबर्दियाका बरघर, किशोर किशोरी, महिला स्वास्थ्य स्वयमसेविका, महिला समुह लगाएको सहभागितामा दिवस मनाईएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले दिन प्रतिदिन आत्महत्याको घटना बढदै गएकोले यसबारे सचेतना र संबादको आवश्यकता रहेको बताउनु भएको छ । लैंगिक हिंसा, गरिबी, सामाजिक संजालको दुरुपयोगले गर्दा झनझन आत्महत्याको घटना बढदै गएको छ । यसका लागि समुदायका समुह, संजाल, बरघरहरुले सकारात्मक भूमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले आत्महत्या रोकथामको लागि सचेतनाको अवश्यकता रहेको बताउनृु भएको छ । समुदायमा सानोतिनो कुरा पनि नमिले अत्महत्या गरेको पाइन्छ । त्यसलाई रोक्नका लागि मनोसामाजिक परामर्श र चेतनाको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रमले आत्महत्या रोकथाम गर्नमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्न भएको छ । बारबर्दिया स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले आत्महत्याको सबभन्दा ठूलो जरा भनेको मानसिक समस्या रहेको बताउनु भएको छ । प्रहरीको तथ्याँक अनुसार सबभन्दा धेरै मानसिक समस्यामा रहेकाहरुले आत्महत्या गरीरहेकोले मनोसामाजिक परामर्शको आवश्यकता रहेको बताउनु भयो । बारबर्दिया नगर अस्पतालमा मनोसामाजिक परामर्शकर्ताहरु कार्यरत रहेको र प्रत्येक महिनाको दोस्रो आईतबार मानसिक रोग बिशेषज्ञ नै आउने भएकोले कुनै किसिमको समस्या भएमा स्वास्थ्य परामर्श लिन सुझाउनु भएको छ ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक टिकाराम वलीले नेपाल भरिनै आत्महत्याको घटना बढदै गएको तथ्याँक प्रस्तुत गर्नु भएको छ । गएको आर्थिक बर्षमा नेपालमा ७ हजार २ सय ३३ आत्महत्याको घटना घटेको र बारबर्दियामा २१ वटा आत्महत्याको घटना घटेको तथ्याँक प्रस्तुत गर्नु भएको छ । यसलाई रोक्नका लागि छलफल बहसको आवश्यकता रहेको बताउनु भयो । विश्व आत्महत्या रोकथम दिवस प्रत्येक बर्ष सेक्टेम्बर १० तारिकका दिन विश्वभरी नै मनाउने गरीन्छ । बारबर्दियामा पनि सिएमसी नेपालको समन्वयमा विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ ।
२० °C काठमाडौं
Facebook Comments